अभिनेत्री कट्रिना कैफ बलिउडमा नम्बर वान नायिकाको सूचिमा परेकी छन् । इन्डिया टुडेको मुड अफ द नेसन सर्वेक्षणअनुसार बलिउड अभिनेत्री कट्रिना कैफ देशकै नम्बर एक नायिकाको सूचिमा परेकी हुन् ।
कट्रिनाले सात दशमलव दुई प्रतिशत भोट पाएर शीर्ष स्थानमा रहेकी छन् । कट्रिनापछि ६ दशमलव आठ प्रतिशतका साथ दोस्रो स्थानमा दीपिका पादुकोण र ६ दशमलव तीन प्रतिशतका तेस्रो स्थानमा प्रियङ्का चोपडा रहेकी छन् ।
त्यसपछि कङ्गना रनावत र करिना कपुर खान क्रमशः चार दशमलव नौ प्रतिशत र तीन दशमलव ६ प्रतिशत भोटका साथ चौथो र पाँचौँ स्थानमा छन् ।