धत् ! जसैगर्दा पनि मोटाउन सकिएन

मनोज पाण्डे
शनिवार १ माघ, २०७८
५ वर्षअघि

हुन त भाैतिक शरीर भन्नु फगत हड्डी र मासु नै हो ।

तर पनि हरेक मानिस चाहन्छ, उमेरअनुसारको तौल, ह्रस्टपुस्ट र मिलेको आकर्षक शरीर ।

यो चाहना ममा पनि नभएको होइन ।

तर मैले जति प्रयास गर्दा पनि एक केजीसम्म तौल बढाउन सकिनँ ।

जब म १९ वर्षबाट २० प्रवेश गर्दै थिए त्यो बेलादेखि नै मलाई उचाइ र उमेरअनुसारको तौल नभएकोले एक प्रकारको चिन्ता लाग्न थालिसकेको थियो ।

यसैले त म मोटाउनका लागि हरप्रयास गरेकै हुँ ।

मोटाउनका लागि मैले गुगल र युट्युबको सहारा पनि लिएँ ।

त्यहाँका विज्ञ भनौदाले दिएको सुझाव अपनाएकै हुँ ।

उनीहरूले भनेअनुसार फिजिकल एक्सरसाइज र खानपानमा ध्यान पनि दिएकै हुँ ।

तर मेरो साविकको तौलमा एकपाउ पनि तौल ‘गेन’ भएन ।

शरीरका अङ्ग उत्रै छन्, केही मोटाएनन् ।

‘‘अरू आर्थिक सम्पन्नताका लागि विदेश जान्छन्, म भने मोटाउने लक्ष्य लिएरै विदेश पुगेकाे थिएँ । किनकि, धेरैको सुझाव थियो : खानपानको सेडुअल मिल्यो भने पक्का मोटाइन्छ ।’’

नेपालमा नै बस्दा मोटाउने सपना साकार नहुने जस्तो लाग्यो ।

मेरोजस्तै अस्थिपन्जर र सिन्काजस्तो पातलो ज्यान भएका राम दाइ, कृष्ण दाइ र हरि दाइ विदेश बसेर नेपाल फर्किँदा बच्चा पाउने गर्भवती महिलाका भन्दा ठुला पेट लिएर मोटाघाटा भई नेपाल फर्केको मैले विचार गरिरहेको थिएँ ।

गाउँबाट विदेश अरू आफ्नो आर्थिक स्थिति मजबुत बनाउन जान्छन् तर म भने विदेश गएपछि मोटाइन्छ कि भन्ने आशमा विदेश हानिएको थिएँ ।

हतार–हतार पासपोर्ट बनाएर डिमान्ड खोज्न मेनपावर भौतारिएँ ।

कहिले इटहरी त कहिले काठमाडौँ सम्म पुगेँ ।

दुई महिनाको सङ्घर्षपश्चात मलेसियाको एउटा कम्पनीबाट भिसा आयो ।

अब, मोटाइएला भन्नेमा विश्वस्त थिएँ, यसैले धेरै खुसी भएँ ।

मसँग एउटै कम्पनीमा काम गर्न जाने २० जनाको समूह थियो ।

जसमध्ये एकजना साथी मजतिकै पातलो तर मभन्दा दुई इन्चजति अझै अग्लो थियो ।

आफ्नैजत्रो शरीर भएको मान्छे देख्दाचाहिँ ज्यादै खुसी लाग्दो रहेछ ।

हुन त ऊ पैसा कमाउन विदेश जान लागेको थियो होला तर मैलेचाहिँ हतारमा मजस्तै मोटाउने आशाले विदेश जान लागेको हो कि भनेर मनमनै सोच्न भ्याइहालेँ ।

पहिलोपटक ठुलो चिल चढ्दै थिएँ, उत्साह ठुलो थियो ।

झन्, उत्साही थिएँ मोटाउने आशामा ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मजस्तै बाहिर जानेको लस्कर थियो ।

हातमा पासपोर्ट बोकेर वैदेशिक रोजगारमा जाने लाइनमा म पनि थिएँ ।

आधा घन्टाको लाइनमा उभिएर बोर्डिङ पासपश्चात वेटिङ रुममा पुगेर बाहिर हेर्दा प्लेन आउने र जाने क्रम चलिरहेको थियो ।

केही नेपाली प्यासेन्जर ब्याकग्राउन्डमा प्लेन आउनेगरी सेल्फी खिच्नमा मस्त देखिए ।

त्यो रमिता हेर्नमा व्यस्त थिएँ म ।

फ्लाइटको समय भएपछि प्लेन चढ्नतिर लाग्यौँ ।

तर मेरा अगाडि भएका सबै भर्याङ नै अवरोध गरेर सेल्फी खिच्न थालेँ ।

म भने त्यसमध्येको फरक देखिएँ, अझ भनौँ परम्परा नै तोडिदिएँ । खिचिनँ फोटो ।

सबै जना आ–आफ्नो सिटमा बसिसकेपछि म प्लेनभित्र छु यता हेर भन्दै केही मानिसहरू भिडियो कल गर्दै थिए ।

कोही कोही त प्लेन उडिसकेपछि पनि एयरहोस्टेजले भनेको नटेरी नेटवर्क भएसम्म भिडियो कलमै मस्त थिए ।

कोही प्लेन माथिबाट तल पृथ्वीमा देखिएका घर र रोडहरूको फोटो खिच्दै थिए ।

जे होस् सबै जना आ–आफ्नै तालमा थिएँ मचाहिँ सबै जना के गर्दै छन् चुपचाप हेरिरहेको थिएँ ।

दुई घन्टापछि हामी कोलालम्पुर एयरपोर्टमा ल्यान्ड भयौँ ।

पहिलोपटक विदेश आएको म अबचाहिँ हराउछु कि भनेर पहिले पनि मलेसिया आइसकेका पुराना साथीहरूलाई पछ्याउन थालेँ ।

नेपालको सिम चल्ने कुरा भएन तर वाइफाइ फ्री भएकाले आफ्नो घरपरिवार आफन्त र केही साथीहरूलाई फेसबुकबाट म्यासेज गरेर सकुसल मलेसिया पुगेको जानकारी गराएँ ।

हाम्रो ग्रुपका सबै जना इमिग्रेसनको नियमअनुसार आफ्नो डकुमेन्ट देखाइ एयरपोर्टबाहिर निस्कियौँ ।

रात परिसकेको थियो तर नेपालभन्दा धेरै झिलिमिली देखिन्थ्यो मलेसिया ।

हामीलाई लिन कम्पनीबाट एकजना कम्पनीका प्रतिनिधि र दुईवटा बस आएका थिए ।

हाम्रो कम्पनी पेनाङमा रहेछ ।

हामी खाजा खाएर बसमा चढेर पेनाङतर्फ लाग्यौँ ।

त्यसपछि काममा लागियो ।

ड्युटी–कोठा अनि कोठा–डुयुटी हुने गरेका कारण खानपान मिल्न थालेको थियो ।

खानपानमा सेडुअल मिल्यो भने मोटाइन्छ भनेर धेरैले भनेको सुनेको थिएँ ।

यसैले पनि म ढुक्क थिएँ मोटाउनेमा ।

काम गर्न थालेको पनि दुई महिना बितिसकेको थियो ।

नेपालबाट आएभन्दा अरू साथी मोटाउन थालिसकेका थिए ।

म आफ्नो तौल प्रत्येक दिन चेक गर्थेँ उहीँ ४५ केजीमात्र ।

परिवर्तन भएको भनेको त्यही छालाको कलर मात्र ।

पहिले नेपालमा अलिक कालो थिएँ, मलेसियामा अलिक गोरो भएँ ।

सेडुअल मिल्दा पनि मोटाइएन ।

मोटाउने आफ्नो चाहना म मेरा साथीहरूलाई दिनदिनै सुनाउँथे ।

मेरो निराशापन देखेर उनीहरूले मलाई जिम जान सुझाए ।

जसतसो आरामको समय कटाएर जिम जान थालेँ ।

दूध, केरा, प्रोटिन, अन्डा, फलफूल महिनाको तलब नै सकिने गरी खाइन्थ्यो ।

शरीरमा केही फरकपना महसुस नभएपछि जिम जान छोडेँ ।

जिममा बगाएको पसिना काम लागेजस्तो लागेन ।

”मोटाइएन भने राति सुत्ने बेलामा एउटा क्यान बियर र मासु नियमित खानु पर्छ भनेर साथीले सुझायो, साेही उपाय अवलम्बन गर्नाले बियरको लतले छोडेन ।”

एकपटक एक जना साथीले केही गर्दा मोटाइएन भने राति सुत्ने बेलामा एक क्यान बियर र मासु नियमित खान पर्छ शतप्रतिशत मोटाइन्छ भनेर सुझायो ।

म जिन्दगीमा कहिल्यै बियर नखाएको मान्छे मोटाउने चक्करमा बियर पनि खान थालेँ ।

सुरुसुरुमा त दबाइ खाएझैँ मुख बटार्दै खान पर्थ्यो ।

१५ दिनपछि चाहिँ अलिक सहज रूपमा नै खान सक्ने भएँ ।

नियमित दुई महिना बियर खाएर ट्राइ गर्दा पनि उहीँ ४५ नै केजी छु, न घट्छु न बढ्छु ।

बियरले मोटाउने छाँटकाँट नदेखेपछि छोडिदिने विचार गरे तर दुई महिनासम्म अल्कोहल कन्ज्युम गरेको शरीरले अल्कोहल खोज्दो रहेछ ।

मोटाउने चक्करमा बियरको लत बसेछ ।

मोटाउने लक्ष्यमा खान थालेको बियरले छोडेन मलाई ।

बरु जानेसुनेका सबै उपाय अवलम्बन गर्दा पनि म मोटाइनँ ।

विदेशमा पनि मोटाउने आश हराएपछि दुई वर्षपछि पुनः नेपाल नै फर्किएँ ।

दुब्लो मान्छेलाई जसैगर्दा पनि सकस छ ।

मन परेको पेन्ट किन्यो कम्मर ठुलो हुन्छ ।

आफ्नो कम्मरको साइज २७ छ ।

२७ को पेन्ट किन्यो हाइट अग्लो भएको कारण हाल्फ पेन्ट हुन्छ ।

शरीरमा लगाएको लुगा ह्ययाङरमा झुन्डाएको जस्तो देखिन्छ ।

नयाँ लुगा लगाएर ऐना हेर्दा बाली खान्छ भनेर चरा तर्साउन खेतमा राखेको बुख्याँचाजस्तो देखिन्छ ज्यान ।

अरू सबै मोटाउछन्, आफूचाँहि कसरी मोटाउने भन्ने टेन्सनले झन् दुब्लाउँदै जाने भइयो ।

दुब्लाएर एक केजीको भएर मृत्यु भए पनि बब मार्लीको रेकर्ड तोडेर गिनिज बुकमा नाम लेखिने थियो ।

अचेलचाहिँ अब मोटाउन नसकिने रहेछ भनेर खासै तनाब लिन्नँ तर अपरिचित केटाहरूले ‘सोल्टी गाँजा छैन’ भनेर हैरान नै पार्छन् ।

उनीहरूको मप्रति गर्ने व्यवहारले पुनः मोटाउन मन लाग्छ ।

तर फेरि मैले अवलम्बन गर्ने उपायहरूले पार लगाउँदैनन् ।

यसैले घरिघरि आफैँलाई धिक्कार्छु, धत् ! जसैगर्दा पनि मोटाउन सकिएन ।

प्रकाशित समय: शनिवार १ माघ, २०७८, २०:४२:०५
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०