विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलिया प्रवेशको अनुमति नाटकीय रूपमा रद्द गरिएको छ । मेलबर्न आइपुगेपछि बिहीबार उनको भिसा रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खबरका अनुसार जोकोभिचलाई सहरको विमानस्थलमा केही घण्टा सोधुपुछका लागि राखिएको थियो । त्यसपछि प्रवेशाज्ञाका लागि आवश्यक नियम पूरा गरेको हुनाले घर फर्कन भनिएको थियो ।
हाल उनलाई सरकारी होटलमा राखिएको छ । विमान उडानको तालिका अनुसार घर फर्काइनेछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नै जोकोभिचलाई आफ्नो देश प्रवेशमा रोक लगाउनु पर्ने सल्लाह दिएको बताइएको छ ।