नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले महँगिएको हो।
महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, सोमबार प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको मूल्य बढेर मंगलबार ३ हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।