विराटनगर । फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।
डेटा सेन्टर निर्माणको क्रममा ३ सय हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् ।
गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले गरेको अहिलेसम्मकै ठूलो एकल लगानी थियो ।
तर एक महिनाभन्दा कम समयमै त्यहाँका अधिकारीहरूले निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।