विराटनगर । पछिल्लो ३ घण्टामा बाँके तथा बर्दिया जिल्ला स्थित विभिन्न केन्द्रहरूमा मध्यमदेखि भारी वर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
भारी वर्षा मापन भएकाले सो क्षेत्र तथा आसपास भई बहने स-साना नदीहरूमा जलसतह बढ्न सक्ने र आकस्मिक बहाव आउन सक्ने जनाएको छ।
त्यसैले त्यस क्षेत्रका स्थानीयबासीन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।