विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरू खोल्ने प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गरे पनि इरानले अझै मध्यस्थकर्तामार्फत आधिकारिक अमेरिकी प्रतिक्रियाको पर्खाइमा रहेको जनाएको छ ।
राष्ट्रपति ट्रम्पले इरानी प्रस्ताव ‘स्वीकार्य’ नरहेको र इरान ‘नराम्ररी हारिरहेकाले’ सात दिनभित्र व्यापारिक जहाजका लागि जलडमरू खोल्ने सम्झौता गर्न चाहेको दाबी गरेका थिए ।
तर, इरानी विदेशमन्त्री अब्बास अराग्चीले ट्रम्पको यो अभिव्यक्तिपछि पनि अमेरिकी वार्ताकारहरूले मध्यस्थकर्तामार्फत आधिकारिक रूपमा अस्वीकृतिको जवाफ नदिएको स्पष्ट पारे ।