FIFA World Cup अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण अर्थात् अन्तिम ३२ को पूर्ण खेल तालिका सार्वजनिक भएको छ। उपाधि दाबेदार टोलीहरू अब एक हारसँगै प्रतियोगिताबाट बाहिरिने चरणमा प्रवेश गरेका छन्, जसले आगामी खेलहरूलाई अझ रोमाञ्चक बनाएको छ।
नकआउट चरणको सुरुवात जुन २८ मा दक्षिण अफ्रिका र क्यानाडाबीच लस एन्जलस स्टेडियममा हुने खेलबाट हुनेछ। जुन २९ मा ब्राजिलले जापानसँग तथा जर्मनीले प्याराग्वेसँग प्रतिस्पर्धा गर्नेछन्।
जुन ३० मा आइभोरी कोस्ट विरुद्ध नर्वे, फ्रान्स विरुद्ध स्वीडेन तथा नेदरल्यान्ड्स विरुद्ध मोरक्कोका खेल हुनेछन्।
जुलाई १ मा इङ्गल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कंगो, बेल्जियमले सेनेगल तथा मेक्सिकोले इक्वेडर सँग प्रतिस्पर्धा गर्नेछन्।
जुलाई २ मा साविक विजेता स्पेनले अस्ट्रियासँग खेल्नेछ भने संयुक्त राज्य अमेरिकाले बोस्निया र हर्जगोभिनाको सामना गर्नेछ।
जुलाई ३ मा पोर्चुगल विरुद्ध क्रोएसिया, स्विट्जरल्याण्ड विरुद्ध अल्जेरिया, अष्ट्रेलिया विरुद्ध इजिप्ट तथा अर्जेन्टिना विरुद्ध केप भर्डे बीच प्रतिस्पर्धा हुनेछ। अन्तिम ३२ चरणको अन्तिम खेल जुलाई ४ मा कोलम्बिया र घाना बीच कान्सास सिटी स्टेडियममा हुनेछ। नकआउट चरणमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।