विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० असार, २०८३
४ घण्टाअघि

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा मध्यराति नांगै बसेर अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको केही दिनपछि प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साल असार ९ गते रातिको करिब १२ः३० बजे परोपकार घाटको दाहसंस्कार स्थलमा केही व्यक्ति भेला भई होहल्ला गरेको र उनीहरूमध्ये २ जना पुरुष निर्वस्त्र रहेको जानकारी प्रहरीले पाएपछि टोली खटाई अनुसन्धान थालेको थियो ।

Advertisement

अनुसन्धानका क्रममा प्रहरीले निम्न विराटनगर ६ का ४४ वर्षीय शुरेन्द्रमणि मन्डल, सुनसरीको रामधुनी नगरपालिका ६ का २५ वर्षीय कैलाश ढुङ्गाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका ६ का १८ वर्षीय मनिष काफ्ले र विराटनगर ४ कै ४४ वर्षीय छबिलाल घिमिरे रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङमा राखिएको छ । प्रहरी सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाको विस्तृत अनुसन्धान भइरहेको र वास्तविकता अनुसन्धान पूरा भएपछि सार्वजनिक हुने जानकारी दिएका छन् ।

यसअघि स्थानीयवासीले मध्यराति घाटमा देखिएको यो दृश्यलाई लिएर मसान खेलाएको वा अघोरी साधना गरेको हुनसक्ने अनुमान लगाएका थिए भने केहीले मदिराको लतमा परेका युवाहरूले अश्लील हर्कत गरेको आशंका व्यक्त गरेका थिए ।

स्थानीयले नै घटनाको भिडियो खिचेर सार्वजनिक गरेपछि यो विषय व्यापक चर्चामा आएको थियो । सोमबार मध्यराति खिचिएको भिडियोमा चार जनालाई घाटमा शव जलाउनलाई चिता बनाउने ठाउँमा आगो बालेर बसिरहेको देखिन्छ ।

त्यहाँ रहेकामध्ये २ जना युवा उभिएर एकअर्कालाई धकेलाधकेल गर्दै वादविवाद गरिरहेका थिए । तीमध्ये १ जना युवा पूरै नांगो अवस्थामा छन् भने अर्का युवाले कम्मरमुनिको भित्री वस्त्र मात्रै लगाएका छन् । उनीहरुले अश्लील शब्दहरु बोलेको पनि सुन्न सकिन्छ ।

घाटजस्ता सार्वजनिक तथा धार्मिक स्थलहरूको मर्यादा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था थप कडा बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
५ minutes

घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू

बुधबार १० असार, २०८३
४ घण्टाअघि

उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड

बुधबार १० असार, २०८३
४ घण्टाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
३ दिनअघि

विराटनगरमा चिठ्ठामा आकर्षक उपहारको प्रलोभन देखाएर ठगी

आईतबार ७ असार, २०८३
३ दिनअघि

विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत

आईतबार ३१ जेठ, २०८३
१ हप्ताअघि
चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना
बुधबार १० असार, २०८३
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
बुधबार १० असार, २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार १० असार, २०८३
बाँदर धपाउन रूपाकोटका हरेक टोलमा ‘बाली हेरालु’ राखिने
बुधबार १० असार, २०८३
घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू
बुधबार १० असार, २०८३
विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ
बुधबार १० असार, २०८३
उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड
बुधबार १० असार, २०८३
लागूऔषधसहित दुई जना नियन्त्रणमा
मङ्गलबार ९ असार, २०८३
एमाले संसदीय दलको बैठक जारी
मङ्गलबार ९ असार, २०८३
विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका
मङ्गलबार ९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०