बेइजिङमा डोनाल्ड ट्रम्प र सी चिनफिङबीच भेटवार्ता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३१ ब‌ैशाख, २०८३
३ हप्ताअघि
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता हुँदैछ । ट्रम्प बेइजिङ पुगिसकेका छन् र उनले सी चिनफिङसँग हात मिलाएका छन् ।

सी चिनफिङ ट्रम्पलाई स्वागत गर्न ग्रेट हल अफ द पिपुलको सिँढीबाट तल झरेका थिए । बीबीसीका अनुसार रेड कार्पेटमा दुवै नेताबीच भेट भएको थियो भने त्यहाँ चिनियाँ सैन्य टोली पनि तैनाथ गरिएको थियो ।

तियानमेन स्क्वायरको पश्चिममा रहेको ग्रेट हल अफ द पिपुल चीनको प्रमुख सरकारी भवन हो । यहाँ सरकारी कार्यक्रम तथा विदेशी नेताहरूको स्वागत गरिन्छ ।

ट्रम्प बुधबार बेइजिङ पुगेका थिए । उनको स्वागत चीनका उपराष्ट्रपति हान झेङले गरेका थिए । त्यसपछि ट्रम्प फोर सिजन्स होटलमा बसेका थिए ।

आज हुने द्विपक्षीय वार्तापछि साँझ राजकीय भोज आयोजना गरिने जनाइएको छ । ट्रम्पको प्रतिनिधिमण्डलमा एलन मस्क, जेन्सन ह्वाङ लगायत अमेरिकी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी छन् ।

ट्रम्पको स्वागतका क्रममा ब्रास ब्यान्डको धुन, झण्डा फहराइरहेका मानिसहरूको प्रस्तुति तथा ‘वेलकम वेलकम, अ वार्म वेलकम’ नारासमेत लगाइएको थियो । कार्यक्रममा अमेरिका र चीनका झण्डा पनि प्रदर्शन गरिएको थियो, जसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ ।

विश्लेषकहरूका अनुसार चीनले उपराष्ट्रपति हान झेङलाई स्वागतका लागि पठाउनु ट्रम्पप्रति विशेष सम्मानको संकेत मानिएको छ । यसअघि सन् २०१७ मा ट्रम्पको भ्रमणका बेला चीनले तल्लो तहका अधिकारीलाई स्वागतका लागि पठाएको थियो ।

प्रकाशित समय: बिहिबार ३१ ब‌ैशाख, २०८३, १०:१८:०५
५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण, दुहबीमा कृषकलाई यान्त्रिकीकरणतर्फ प्रोत्साहन
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा मोदी–रवि छलफल
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित
बुधबार २० जेठ, २०८३
राष्ट्रपति पौडेलको भूमिकाप्रति ओलीको आपत्ति,सरकारको रबरस्ट्याम्प बनेको आरोप
बुधबार २० जेठ, २०८३
मोदी–लामिछाने भेट : नेपाल–भारत सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता
बुधबार २० जेठ, २०८३
‘सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजानु’
बुधबार २० जेठ, २०८३
राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूले गरे विरोध
बुधबार २० जेठ, २०८३
बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली
बुधबार २० जेठ, २०८३
रवि लामिछाने र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्ध ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त छ : बाबुराम भट्टराई
बुधबार २० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०