विराटनगरमा मेयर कप फुटबल प्रतियोगिता सुरु हुँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ ब‌ैशाख, २०८३
७ घण्टाअघि

विराटनगर । विराटनगर महानगरपालिकामा आइतबार (आज)देखि अन्तर वडास्तरीय फुटबल प्रतियोगिता ‘मेयर कप २०८३’ सुरु हुँदै छ।

विराटनगर-१९ नम्बर वडा कार्यालयको आयोजना तथा पोखरियास्थित युथ केयर एकेडेमीको संयोजनमा आजबाट सुरु हुन लागेको यो प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा महानगरका विभिन्न १० वटा वडाहरूको सहभागिता रहनेछ। सहभागी हुने वडाहरूमा १, २, ३, ४, ११, १३, १५, १६, १७ र १९ रहेका छन् ।

आयोजकका अनुसार सहभागिताका लागि महानगरका सबै १९ वटै वडामा समन्वय गरिएको भए तापनि १० वटा वडाले मात्र प्रतिस्पर्धामा भाग लिएका हुन् । प्रतियोगिताका सबै खेलहरू वैजनाथपुरस्थित खेल मैदानमा आयोजना गरिनेछ ।

जेठ ३ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित ८० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले ४० हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।

युथ केयर एकेडेमीका अध्यक्ष विक्रम कार्कीका अनुसार ८ दिनसम्म चल्ने यस खेलकुद महोत्सवमा विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

जसअनुसार सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक र उदयमान खेलाडीलाई विशेष पुरस्कारद्वारा सम्मान गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रकाशित समय: आईतबार २७ ब‌ैशाख, २०८३, १२:१४:०८
बजेट अधिवेशन भोलिदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
आईतबार २७ ब‌ैशाख, २०८३
मोबाइलबाटै यसरी हेर्न सकिन्छ एसइईको नतिजा
आईतबार २७ ब‌ैशाख, २०८३
विजय थलापतिले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ
आईतबार २७ ब‌ैशाख, २०८३
सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने
आईतबार २७ ब‌ैशाख, २०८३
‘क्यान’माथि कारबाहीको तयारी, मन्त्रालयले माग्यो अन्तिम स्पष्टीकरण
आईतबार २७ ब‌ैशाख, २०८३
पशुपतिनाथ क्षेत्रमा तीन वटा ग्रिनेड फेला
आईतबार २७ ब‌ैशाख, २०८३
विराटनगरमा मेयर कप फुटबल प्रतियोगिता सुरु हुँदै
आईतबार २७ ब‌ैशाख, २०८३
काठमाडौंबाट विराटनगर आउँदै गरेको बस दुर्घटना
आईतबार २७ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक बस्दै, के-के बिषयमा होला छलफल ?
आईतबार २७ ब‌ैशाख, २०८३
एसइई नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, बोर्डद्वारा तयारी तीव्र
आईतबार २७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०