विराटनगर जुट मिल्सको जग्गा ओगट्नेलाई हटाइँदै, ६ सय परिवार विस्थापित हुने जोखिममा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ ब‌ैशाख, २०८३
५ महिनाअघि

विराटनगर । विराटनगरस्थित जुट मिल्सको जमिनमा अनधिकृत रूपमा बसोबास गर्दै आएका र भाडा नतिरी व्यापार गरिरहेका व्यक्तिहरूलाई हटाउने तयारी अन्तिम चरणमा पुगेको छ। आगामी एक साताभित्र त्यहाँ बसिरहेका सबैलाई हटाउने योजना बनाइएको हो।

हटताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा आसपासका क्षेत्रमा अवैध रूपमा बसोबास गर्दै आएका करिब ६ सय परिवार र सडक किनारमा भाडा नतिरी सञ्चालन भइरहेका झन्डै ३० वटा पसललाई खाली गराइनेछ। यो सबै करिब १४ बिघा जमिनमा फैलिएको छ।

सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार संघीय सरकारको निर्णयअनुसार हटाउने प्रक्रिया सुरु भइसकेको छ। सडक किनारका केही पसलबाहेक अधिकांशले भाडा नतिरेको बताउँदै उनले भाडा तिर्नेहरूलाई वैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरूबाट प्रशासनमार्फत असुली गरिने बताए।

त्यहाँ बसोबास गर्नेहरूलाई आफ्नो लत्ताकपडा र भाँडाकुँडा मात्र लैजान अनुमति हुनेछ, अन्य सम्पत्ति मिल्सकै हुने उनको भनाइ छ। स्रोतका अनुसार, केही व्यक्तिहरूले शहरमा घर बनाएर भाडामा लगाएका छन् तर आफैं भने मिल्सभित्र अनधिकृत रूपमा बसिरहेका छन्। त्यस्तै, केहीले मिल्स परिसरमै साना उद्योगसमेत सञ्चालन गरेका छन्।

मिल्समा काम गरेका कर्मचारीहरूले अवकाश पाएपछि पनि आवास नछोड्ने प्रवृत्ति रहेको प्रशासन प्रमुख श्याम लामाले बताए। मिल्स पटक–पटक बन्द र सञ्चालन हुनुमा राजनीतिक हस्तक्षेप र विद्युत समस्या मुख्य कारण रहेको उनको भनाइ छ।

वि.सं. १९९३ मा स्थापना भएको यो उद्योग नेपालकै पुरानो उद्योग हो, जसले देशभर औद्योगिक विकासको सुरुवात गराएको थियो। तर २०७० सालदेखि बन्द रहेको यो मिल अहिले जीर्ण अवस्थामा पुगेको छ। संरक्षणको अभावमा धेरै उपकरण चोरी भइसकेका छन् भने बाँकी रहेका सामान पनि प्रयोग नहुँदा बिग्रिएका छन्।

प्रकाशित समय: बुधबार १६ ब‌ैशाख, २०८३, ०६:००:५७

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०