मोरङका यी ३२ उम्मेदवार, जसले ५० भोटको आँकडा पनि पार गर्न सकेनन्

पुष्पा आचार्य
बुधबार २७ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर । हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङका विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गरेका केही उम्मेदवारहरू अत्यन्त न्यून मतमा सीमित भएका छन् । स्वतन्त्र तथा साना दलका कतिपय उम्मेदवारले ५ देखि ५० भन्दा कम मतमात्रै प्राप्त गरेका छन् ।

मोरङका जिल्लाभर कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये २ लाख ३१ हजार ३९७ मत खसेको थियो । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा चुनावी मैदानमा उत्रिएका कुल १ सय १० उम्मेदवारमध्ये ३२ जनाले ५० मत पनि कटाउन सकेनन् ।

यस पटकको निर्वाचनमा मोरङका ६ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू क्लिन स्वीप गर्दै विजयी भएका छन् । ५० मत पनि ल्याउन नसक्ने उम्मेदवारहरूको संख्या सबैभन्दा बढी क्षेत्र नं. ५ मा छ भने सबैभन्दा कम क्षेत्र नं. ६ मा देखिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उठेका ईश्वर र वाग्लेले ४० मत प्राप्त गरेका छन् । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार यामप्रसाद दाहालले ३९ मत मात्र पाएका छन् । स्वतन्त्र उठेका मिलन भण्‍डारीले ३१ मत पाएका छन् ।

नेपाल जनमुक्ति पार्टीबाट उठेका फिव राज लिम्बुले ३० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पशुपति घिमिरे १७ मत प्राप्त गरे भने मितेरी पार्टी नेपालका डिल्ली राम लिम्बुले १२ मत मात्र पाए । यस क्षेत्रबाट रास्वपाका यज्ञाणि न्यौपाने निर्वाचित हुँदै संघीय सदन पुगे भने श्रम-संस्कृति पार्टीकी शान्ति पाख्रिङ लामा दोस्रो भइन् । यो क्षेत्रमा ७७ हजार ५८५ मत खसेको थियो ।

त्यसैगरी, मोरङ २ मा १७ उम्मेदवारमध्ये तीनजनाले ५० मत कटाउन सकेनन् । यस क्षेत्रबाट स्वतन्त्र उठेका राजन निरौलाले ४८ मतमात्र प्राप्त गरे । सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार बुधु ऋषिदेवले ३५ मत पाए भने अर्का स्वतन्त्र उम्मेदवार नरेशकुमार साहले १८ मत प्राप्त गरे । कुल ८१ हजार ३४५ मत खसेको यस क्षेत्रबाट ४० हजार ९२४ मत ल्याएर रास्वपाकै कृष्णकुमार कार्की निर्वाचित हुँदा एमालेका दिलीपकुमार बगडिया दोस्रो भए ।

मोरङ क्षेत्र नम्बर ३ बाट पाँच जनाले ५० भन्दा कम भोट पाए । जय मातृभूमि पार्टीबाट चुनावमा उठेका नवराज मास्केले ४९ मत मात्र पाएका भने स्वतन्त्र उम्मेदवार गणेश मिश्रले ४४ मत प्राप्त गरे । पूर्वसांसद योगेन्द्र मण्डल नेतृत्वको राष्ट्रिय उर्जाशील पार्टी नेपालका नेता भुवनकुमार वाग्लेले ३१ मत पाउँदा स्वतन्त्र उम्मेदवार तेजप्रसाद भण्डारीले ३० मत पाए । यसैगरी, जनता समाजवादी पार्टी, नेपालका नेता मजेबुल रहमानले १८ मतमात्र पाए । यस क्षेत्रमा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतका साथ विजयी हुँदा कांग्रेसका सुनील शर्मा द्वितीय भए । यो क्षेत्रमा कुल ९६ हजार ६७७ मत खसेको थियो ।

मोरङ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उठेका भक्तमणी दाहालले ४० मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीबाट उठेका हरिनारायण चौधरीले ३८ प्राप्त गरे भने नेपाल मजदुर किसान पार्टीबाट जयराम थारुले २९ मत पाए । स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र खत्रीले २५ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार विनोदकुमार कार्कीले १७ मत पाए । यसै क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता हरनु मुसहरले ११ मत पाए ।

मोरङ ४ मा १९ जना उम्मेदवार चुनावी मैदानमा थिए, जसमध्ये ६ जनाले ५० मत कटाएनन् । यस क्षेत्रबाट कांग्रेस महामन्त्रीसमेत रहेका गुरुराज घिमिरेलाई पराजित गर्दै रास्वपाका सन्तोष राजवंशी निर्वाचित भए । कुल १ लाख १९ हजार २५५ मतदातामध्ये ३९ हजार ३३० मत खसेको थियो ।

मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार राजकुमार राजवंशीले ४७ मत पाए भने राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नरेशकुमार लाभले २८ मत पाए । स्वतन्त्र उम्मेदवार सुजितकुमार साहले २८ मत पाए । नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार गंगाकुमारी राजवंशीले २२ मत पाइन् भने मंगोल नेशनल अर्गनाइजेसनबाट सकुन्तला श्रेष्‍ठले १७ प्रप्त गरिन् ।

स्वतन्त्र उम्मेदवार ममता यादवले १३ मत पाउँदा स्वतन्त्र उम्मेदवार विकाश श्रेष्‍ठले ११ मत पाए । स्वतन्त्र उम्मेदवार सूर्यनारायण ठाकुरले ५ मतमात्र पाए भने अर्का स्वतन्त्र उम्मेदवार जय नारायण शर्माले ३ मत मात्र पाए । सबैभन्दा बढी २२ जना उम्मेदवार रहेको यस क्षेत्रमा १० जनाले ५० मत कटाउन सकेनन् । यस क्षेत्रमा रास्वपाकी आशा झा ३० हजार ४३४ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका फूलकुमार लालवानी निकटतम् प्रतिद्वन्द्वी बने । कुल १ लाख १० हजार १७७ मतदाता रहेको यस क्षेत्रमा ७८ हजार ५२९ मत खसेको थियो ।

मोरङ क्षेत्र नम्बर ६ बाट १७ उम्मेदवारले चुनावी प्रतिस्पर्धा रोजेका थिए । यस क्षेत्रमा २ जनाले मात्र ५० मत कटाउन सकेनन् । जय मातृभूमि पार्टीबाट उठेका नवराज मास्के ४९ मत पाउँदा स्वतन्त्र उम्मेदवार गणेश मिश्रले ४४ मत पाए । यस क्षेत्रबाट रास्वपाकी रुबिना आचार्य ५५ हजार ५१३ मतका साथ भारी मतले निर्वाचित भइन् भने कांग्रेसका प्रभावशाली नेता मानिने डा. शेखर कोइराला पराजित बने । मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो । खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको थियो ।

प्रकाशित समय: बुधबार २७ फाल्गुण, २०८२, १७:३८:०८

सम्बन्धित खबर

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शनिवार ९ साउन, २०८३
३ दिनअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
३ दिनअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
२ हप्ताअघि

मन्त्रिपरिषद्का ५ निर्णय: मिटरब्याज आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवामा कार्यकारी अध्यक्ष नियुक्तिसम्म

मङ्गलबार ३० असार, २०८३
२ हप्ताअघि
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०