काठमाडौं – नेपालले आगामी चैत १२ गते हङकङसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाएको छ।
फिफा विन्डो अन्तर्गत हुने यो खेलमा नेपाल र हङकङ तेस्रो पटक आमनेसामने हुँदैछन्। यसअघि भएका दुवै भेट गोलरहित बराबरीमा सकिएका थिए।
नेपालले पछिल्लो पटक सन् २०२५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसभन्दा अघि यी दुई टोली ३७ वर्षअघि एएफसी एसिया कप छनोट अन्तर्गत भिडेका थिए।
घरेलु मैदानमा हुने यस खेललाई आगामी प्रतियोगिताको तयारीका रूपमा हेरिएको