ओखलढुंगा डिएसपी मदन केसी बने सर्वोत्कृष्ट प्रहरी, १७ वर्षदेखि धमाधम पक्राउ गरिरहेका अभियुक्तलाई

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन केसीलाई २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता तथा आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरे बोहोरेका ७४ वर्षीय चन्द्र बिक्रम राई र ८० वर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरूले कोदालो प्रहार गरी बीभत्स हत्या गरी सुनका गरगहना तथा नगद समेत लुटेर फरार भएको घटनाको अनुसन्धानको क्रममा निज के.सी. ले घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ बाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गर्न सफल भए ।

यसैगरी, २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गाउँ विकास समिति-२ का ४३ वर्षीय छविलाल कार्कीलाई कुटपिट गरी हत्या गरी फरार रहेका प्रतिवादीलाई उनले २०८२ साल माघ १७ गते अर्थात् पूरा १५ वर्षपछि पक्राउ गरी कानूनी दायरामा ल्याउन सफलता हासिल गरे ।

त्यसका अतिरिक्त, २०८२ साल मंसिर २८ गते ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका-९ स्थानमा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई पनि माघ ४ गते नै पक्राउ गरी कानूनको दायरामा ल्याउन उनी सफल भए ।

यसरी जनमानसमा शान्ति-सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेकोमा कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक मदन के.सी. को कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।

प्रकाशित समय: सोमबार ४ फाल्गुण, २०८२, २०:११:०९

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०