विश्व रेडियो दिवस आज मनाइँदै, डिजिटल युगमा रेडियोको भूमिका झन् सशक्त

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ फाल्गुण, २०८२
५ महिनाअघि

काठमाडौं — आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वभर विविध कार्यक्रम आयोजना गरिएको छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन UNESCO (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो। सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा दिवस मनाउने गरिएको हो। युनेस्कोले पाँचै महादेशमा डिजिटल प्रसारणमार्फत शैक्षिक सामग्री स्रोतासमक्ष प्रस्तुत गर्ने जनाएको छ।

Advertisement

युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, निर्णयकर्ताहरूलाई सूचना पहुँच सुनिश्चित गराउनु, रेडियोको उपयोग प्रोत्साहित गर्नु तथा विश्वभरका प्रसारकबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउनु यस दिवसको उद्देश्य हो।

रेडियोलाई मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यम मानिन्छ। लोकतान्त्रिक संवादका लागि रेडियो महत्वपूर्ण मञ्चका रूपमा स्थापित छ। विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यम रेडियो नै रहेको उल्लेख गरिएको छ।

कम लागतमा सञ्चालन गर्न सकिने भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म सूचना पुर्‍याउन प्रभावकारी मानिन्छ। यसले शैक्षिक स्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्दछ। आपतकालीन सूचना प्रवाह र विपद् उद्धारमा पनि रेडियोको भूमिका महत्वपूर्ण रहँदै आएको छ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेलका अनुसार समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवर्द्धन गर्न रेडियो अद्वितीय रूपमा सक्षम माध्यम हो।

यस अवसरमा जारी सन्देशमा युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहितका लागि उपयोगी ढङ्गले गर्नुपर्नेमा जोड दिँदै रेडियोले इमान्दारीपूर्वक सूचना प्रवाह गर्न र समुदायलाई जोड्ने कार्यमा सक्रिय रहनुपर्ने बताएका छन्।

विश्व रेडियो दिवसका अवसरमा विभिन्न रेडियो स्टेशनहरूले विशेष कार्यक्रम, विचारमञ्च, प्रतियोगिता, कथा सङ्ग्रह तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन्। केही अफ्रिकी मुलुकमा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा चलचित्र प्रदर्शनसहित रेडियोको भविष्य र एआईको प्रभावबारे छलफलसमेत गरिने जनाइएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने

आईतबार २१ असार, २०८३
५ घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
१ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

पेनाल्टीमा अभागी बन्यो चार पटकको वर्ल्ड च्याम्पियन जर्मनी, पराग्वे अन्तिम १६ मा

मङ्गलबार १६ असार, २०८३
६ दिनअघि

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना यसै वर्ष स्वदेश फर्किने

सोमबार १५ असार, २०८३
६ दिनअघि

३२ वर्षपछि विश्वकपमा फेरि नेदरल्याण्ड्स र मोरक्को आमनेसामने, नकआउटमा रोचक भिडन्तको प्रतीक्षा

सोमबार १५ असार, २०८३
६ दिनअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०