भारतविरुद्धको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ माघ, २०८२
७ महिनाअघि

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने समूह चरणको खेल नखेल्ने निर्णय गरेको छ। पाकिस्तान सरकारको आधिकारिक ‘एक्स’ (पूर्व ट्विटर) खातामार्फत जारी सूचनामा फेब्रुअरी १५ मा तय भएको भारतविरुद्धको खेलमा पाकिस्तानी टोली मैदानमा नउत्रिने स्पष्ट पारिएको हो।

सरकारी वक्तव्यमा पाकिस्तान क्रिकेट टोलीलाई विश्वकप खेल्न श्रीलंका जान अनुमति दिइएको उल्लेख छ, तर भारतसँगको खेलमा सहभागिता नहुने जनाइएको छ। वक्तव्यमा भनिएको छ, “पाकिस्तान सरकार पाकिस्तान क्रिकेट टोलीलाई विश्वकपमा सहभागी हुन अनुमति दिन्छ, तर फेब्रुअरी १५ मा भारतविरुद्ध हुने खेल खेलिने छैन।”

यस निर्णयको ठोस कारणबारे सरकारले औपचारिक रूपमा केही खुलाएको छैन। तर पछिल्लो समय भारतमै आयोजना हुने प्रतियोगितालाई लिएर पाकिस्तानको असन्तुष्टि बढ्दै गएको देखिन्छ। पाकिस्तानले आईसीसीले भारतलाई प्राथमिकता दिएको आरोप लगाउँदै आएको छ।

यसअघि बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले उसलाई प्रतियोगिताबाट हटाएको थियो। सो घटनापछि पाकिस्तानले बंगलादेशको समर्थन गर्दै सरकारसँग छलफलपछि मात्र सहभागिताबारे निर्णय लिने संकेत दिएको थियो।

भारतविरुद्धको खेल बहिष्कार गरे पनि पाकिस्तानले समूह ‘ए’ का अन्य खेलहरू भने खेल्नेछ। तालिकाअनुसार पाकिस्तानले फेब्रुअरी ७ मा नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ भने फेब्रुअरी १० मा अमेरिकासँग र फेब्रुअरी १८ मा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय: आईतबार १९ माघ, २०८२, २२:१८:५४
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०