शिक्षादीपमा नवप्रवर्तन प्रदर्शनी : रोबोट, एआई भ्वाइस असिस्टेन्टदेखि ‘एग्रो कनेक्ट’ एपसम्म प्रदर्शन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ मङ्सिर, २०८२
१० महिनाअघि

विराटनगर । कोशी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्था शिक्षादीप कलेजले विद्यार्थीहरूको प्राविधिक क्षमता र व्यावसायिक सोच विकास गर्ने उद्देश्यले आयोजना गरेको नवप्रवर्तन प्रदर्शनीले उल्लेखनीय सफलता हासिल गरेको छ।

कलेजले काठमाडौंका तीन प्रतिष्ठित शैक्षिक संस्था—कोर्ड हिमालयन, टेक स्पायर कलेज र पीसीपीएस कलेजसँगको साझेदारीमा १० दिने आइटी तथा व्यवस्थापन प्रशिक्षण सम्पन्न गरेको थियो। यस प्रशिक्षणमा ७५४ विद्यार्थीको सहभागिता रहेको थियो, जसमध्ये ६२० जना विज्ञान संकाय र १३४ जना व्यवस्थापन संकायका थिए।

Advertisement

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका अत्याधुनिक रोबोट र नवीन व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए। विशेष आकर्षणको रूपमा बोल्न सक्ने र मानिसको अनुहारबाट खुशी वा दुःखको भाव पहिचान गर्न सक्षम रोबोट प्रदर्शनीमा राखिएको थियो।

विज्ञान संकायका विद्यार्थीले रोबोटिक्स परियोजनामा केन्द्रित रहँदा व्यवस्थापन संकायका विद्यार्थीले नवप्रवर्तनात्मक व्यावसायिक अवधारणा प्रस्तुत गरेका थिए। आइटी ह्याकाथुनमा ६० र व्यवस्थापनको बिजनेस सेसनमा ३५ विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए।

प्रशिक्षणमा काठमाडौंबाट आइटी विज्ञ कृपा श्रेष्ठ, कृषकुमार श्रेष्ठ, सुदीप अधिकारी, रुपन ढुंगाना, परिवेश दंगाल र मनिषकुमार यादवले प्रशिक्षण प्रदान गरेका थिए।

टेक स्पायर कलेजका सीईओ आशिष प्रसाईंले शिक्षादीपसँगको सहकार्यप्रति सन्तोष व्यक्त गर्दै आइटी क्षेत्रमा विश्वव्यापी रूपमा दक्ष जनशक्तिको माग तीव्र गतिमा बढिरहेको बताए।

“आइटीमा अथाह सम्भावना छन्। सीप र प्रविधि जानेको जनशक्तिले बेरोजगार बस्नुपर्दैन,” उनले भने।

कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी समूहलाई नगद पुरस्कारसहित सम्मान गरिने जानकारी दिँदै प्रविधि शिक्षाको महत्वबारे प्रकाश पारे।

“प्रविधिको ज्ञान बिना आजको प्रतिस्पर्धी संसारमा अगाडि बढ्न सकिँदैन। प्रविधियुक्त जनशक्तिले विश्वको जुनसुकै स्थानमा पनि रोजगारीको अवसर पाउन सक्छ,” उनले भने।

खड्काले कलेजले विगतदेखि नै प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको र विद्यार्थीहरू कुनै पनि क्षेत्रमा कमजोर नहोउन् भन्ने उद्देश्यले उचित वातावरण सिर्जना गरेको बताए।

शिक्षादीप कलेजले नियमित पठनपाठनका साथै कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, खेलकुद तथा अन्तरकलेज प्रतियोगिताजस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा निरन्तर जोड दिँदै आएको छ।

कलेजका निर्देशक रामचन्द्र अधिकारीका अनुसार यस किसिमको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आइएको छ र उत्कृष्ट अवधारणा प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने जानकारी दिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०