एमबिबिएस र इन्जिनियरिङमा सफल विद्यार्थीलाई अरनीको कलेजले गर्‍यो सम्मान

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ मङ्सिर, २०८२
५ महिनाअघि

विराटनगर । विराटनगरमा रहेको अरनीको कलेजले एमबीबीएसको प्रवेश परीक्षा र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। कलेजले शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो।

अरनीको कलेजमा अध्ययनरत ११ जना विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

जसमा ओपेन्द्रकुमार यादव, शुभम अग्रिया, दीक्षान्त भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, ऋषभ सोनी र निराजन यादव रहेका छन्।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने अनुक्रम काफ्ले र काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने नितेश कुमार श्रेष्ठलाई कलेजले सम्मान गरेको छ।

यसैगरी कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ। कक्षा १२ को प्रथम त्रैमासिक परीक्षामा प्रथम हुने मञ्जिला ओझा, द्वितीय प्राञ्जल नेपाल र तृतीय सुजन राजवंशी रहेका छन् ।

यसैगरी कक्षा ११ तर्फ प्रथम नितिश कुमार गुप्ता, श्रेयन खड्का, द्वितीय विवेक गुप्ता र तृतीय प्रिन्सप्रशान्त साह भए। उनीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पाए।

कार्यक्रममा बोल्दै एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्ने सुशान्त दाहालले लगनशील भएर अध्ययन गर्दा सफलता मिलेको र यसको श्रेय कलेजलाई जाने बताए।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीहरूले प्रत्येक वर्ष एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्न सफल भएको बताए ।

सबैभन्दा बढी एमबीबीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्न सफल अरनीको कलेज भएको उनले बताए ।

सम्मानित भएका विद्यार्थीहरूलाई कदरपत्र र दोसल्ला ओढाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, कोअर्डिनेटर विकास खनाल, संचालकहरू भरतराज दाहाल, डा. भविन्द्र निरौला, शैलेशकुमार झा र निलम अधिकारीले गरे।

प्रकाशित समय: आईतबार ८ मङ्सिर, २०८२, ११:२६:२८

सम्बन्धित खबर

समिति सभापति चयनअघि रास्वपाको संसदीय दल बैठक आज

बुधबार २ ब‌ैशाख, २०८३
१ दिनअघि

सनसाइन बोर्डिङ स्कुलले गर्‍यो एसइई दिने विद्यार्थीलाई शुभकामनासहित विदाइ

शुक्रबार ६ चैत, २०८२
४ हप्ताअघि

अरनिको कलेजमा दुई महिने एआई तालिम सम्पन्न

मङ्गलबार २६ फाल्गुण, २०८२
१ महिनाअघि

हेरिटेज इन्टरनेसनल स्कुलले ‘मदर्स क्रिकेट लिग’ गर्दै मनायो अन्तर्राष्ट्रिय महिला दिवस

आईतबार २४ फाल्गुण, २०८२
१ महिनाअघि

काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी

शुक्रबार २२ फाल्गुण, २०८२
१ महिनाअघि

अर्किड स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

शनिवार १६ फाल्गुण, २०८२
२ महिनाअघि
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०