विराटनगरमा पुष्पे थारूको स्मृतिमा अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ भदौ, २०८२
११ महिनाअघि

विराटनगर । सडक दुर्घटनामा परी मृत्यु भएका पुष्पकुमार चौधरी (पुष्पे थारू) को स्मृतिमा विराटनगरमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

लियो क्लब अफ विराटनगर योङ हर्टको आयोजनामा यही भदौ १३ गते हुने प्रतियोगितामा १६ वटा शैक्षिक संस्थाहरूको सहभागिता रहने छ ।

महँगी, बेरोजगारी र युवाको भविष्य शीर्षकमा हुन लागेको प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, सत्यनारायण सेकेन्डरी स्कुल, शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल, एभरेस्ट सेकेन्डरी स्कुल, मेरिल्यान्ड कलेज, कान्तिपुर कलेज, ग्रिनल्यान्ड इन्टरनेसनल सेकेन्डरी स्कुल, सिद्धार्थ कलेज, अर्किड कलेज, सुष्मा गोदावारी कलेज, इटहरी नमुना कलेज, बिएसएन स्कुल अफ होटल म्यानजमेन्ट, सुकुना बहुमुखी क्याम्पस र सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले सहभागिता जनाउने छन् ।

लियो क्लब अफ विराटनगर योङ हर्टका पूर्वअध्यक्षसमेत रहेका थारूले यस संस्थाप्रति दिएको योगदानको उच्च सम्मान गर्दै प्रतियोगता गर्न लागेको कार्यसमिति अध्यक्ष कुशल कोइरालाले जानकारी दिए ।

‘यो एउटा सामाजिक कार्यमा अग्रसर रहने संस्था हो,’ उनले भने, ‘यसले गाउँ समाज र राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै उक्त आवश्यकता परिपूर्ति गर्ने कार्य अगाडि बढाउने गर्द छ । यस संस्थाका पूर्वअध्यक्ष पुष्पेको यही भाद्र ४ गते साँझ सडक दुर्घटनामा परी असामयिक निधन भएको छ । उक्त घटनाले सम्पूर्ण लियो परिवार शोकमा परेको छ ।’

उनका अनुसार प्रतियोगिताका विजेताले १० हजार, मेडल-ट्रफी र प्रमाणपत्र तथा १ वर्षको लाइफ इन्स्योरेन्स र ३ महिनाको जिम सब्सक्रिप्सन फ्रि अनि तीन/चार क्याफेबाट फुड कुपनको व्यवस्था रहेको छ ।

यसैगरी दोस्रो हुनेलाई नगद रु ५ हजार, मेडल,ट्रफी, प्रमाणपत्र, फुड कुपन तथा तीन हजार, ट्रफी, मेडल, प्रमाणपत्र, फुड कुपन अनि चौथोलाई १५०० नगद, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा जिनियस ग्रभ इन्टरनेसनल इजुकेसन प्रा.लि. रहेको छ ।

प्रकाशित समय: सोमबार ९ भदौ, २०८२, ०८:४८:४०

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०