इनरिकको दोस्रो सफलता : पिएसजीलाई पाँचौं ट्रफी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० साउन, २०८२
९ महिनाअघि

विराटनगर । स्पेनिस क्लब बार्सिलोनालाई सन् २०१५ मा पाँचवटा उपाधि दिलाएका प्रशिक्षक लुइस इनरिकले १० वर्षपछि अर्को सफलता हात पारेका छन् । स्पेनका प्रशिक्षक इनरिकले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई यस वर्ष पाँचौं उपाधि दिलाएका हुन् ।

पिएसजीले बुधबार राति भएको फाइनल खेलको अन्तिम क्षणमा नाटकीय कम्ब्याक गर्दै इंग्लिस क्लब टोटनह्याम हटस्परमाथि पेनाल्टीमा ४–३ गोलान्तरको जित निकालेर युइएफए सुपर कपको उपाधि जित्यो । इटालीको ब्लु इनर्जी स्टेडियममा निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि सीधै टाइब्रेकरमा धकेलिएको खेलमा पिएसजीले टाइब्रेकरमा बाजी मार्‍यो ।

खेलको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो । तर, ८६औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए ।

पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो । तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टीमा सफल पा¥यो । अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए ।

लिल्लबाट भर्खरै आएका गोलकिपर लुकास चेभालिएरले गियानलुइजी डोनारुम्माको स्थान लिँदै पहिलो रोजाइको खेल खेलेका थिए । ३९औं मिनेटमा जोआओ पाल्हिन्हाको प्रहार बारमा छोएर फर्किँदा भान डे भेनले छिटो प्रतिक्रिया दिँदै गोल गरे । ४८औं मिनेटमा टोटनह्याम कप्तान क्रिस्टियन रोमेरोको हेडर रोक्न नसक्दा दोस्रो गोल खाए । तर, सुटआउटमा भान डे भेनको पेनाल्टी बचाउँदै उनले डोनारुम्मा स्तरको प्रदर्शन देखाए ।

सुपर कप च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको हुने वार्षिक प्रतियोगिता हो । पिएसजी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने टोटनहाम युरोपा लिग विजेता हो । यससँगै पिएसजीले एकै सिजनन पाँच वटा ट्रफी भित्र्याएको छ ।

इनरिक नेतृत्वको पिएसजीले यसअघि फ्रेन्च लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप, फ्रेन्च सुपर कप जितेको थियो । इनरिकले सन् २०१५ मा ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग, सुपर कप र क्लब वर्ल्ड कप जिताएर सनसनी मच्चाएका थिए ।

स्पेनका महारथी क्लबद्वय रियल मड्रिड र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिसकेका ५५ वर्षीय प्रशिक्षक दुई सिजनअघि मात्र फ्रान्सको राजधानी पेरिस आएका हुन् । त्यसअघि उनले स्पेनको राष्ट्रिय टोली सम्हालेका थिए ।

प्रकाशित समय: बिहिबार ३० साउन, २०८२, ११:१९:०८
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०