विराटनगरमा अपहरण र डकैती : मुख्य योजनाकार पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ असार, २०८२
१२ महिनाअघि

विराटनगर । विराटनगरमा प्रहरी हौं भनेर अपहरण र डकैती गरेको आरोपमा थप एक जना समातिएका छन् ।

मोरङ प्रहरीले विराटनगर महानगरपालिका-११ घर भएका कुशल पाण्डेलाई बुधबार पक्राउ गरेको हो ।

उनी नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विराटनगरका नेता हुन् ।

उनकै योजनामा अपहरण र डकैतीको घटना भएको निष्कर्ष प्रहरीको छ ।

वाईसीएलका विराटनगर महानगर पूर्वसदस्य पाण्डे अपहरण र डकैतीको घटनामा मुछिएका हुन् ।

उनीविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

अपहरण र डकैतीमा संलग्न २ जना गत आइतबार पक्राउ परेका थिए ।

आफूलाई प्रहरी बताउने समूहले असार ११ गते बिहान अपहरणपछि डकैती गरेको थियो ।

डकैतीमा संलग्न विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी यसअघि पक्राउ परेका हुन् ।

उनीहरुमाथि शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनापछि भागिरहेका वाईसीएलका नेता पाण्डेलाई प्रहरीले बल्ल पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको छ ।

पाण्डेले भने आफू वाईसीएल विराटनगरको अध्यक्ष भएको दाबी प्रहरीसमक्ष गरिरहेका छन् ।

पक्राउ परेका तीनै जना वाइसीएल नेता-कार्यकर्ता रहेको स्रोतले जनाएको छ । यसअघि पटकपटक आपराधिक घटनामा उनीहरूको संलग्नता रहेका थियो ।

२०८० को साउन अन्तिममा दिउँसै मुख्य बजार क्षेत्र नजिकै विराटनगर–१० बाबा चोक (संसारी माई मान्दिर पूर्व) मा २२ वर्षीय महमद हलिम खानमाथि तरबार प्रहार भएको थियो ।

विराटनगर-८ का खानको दुईटै हातको नशा छिन्नेगरी तरबार प्रहार गर्नेहरूमा कुशल र हुसेनसहित अमन कुरेसी, सदाब अन्सारीको समूह घटनामा संलग्न रहेको थियो ।

मुस्लिम समुदायको मोहरम पर्वमा भएको विवादलाई लिएर तरबार प्रहार गर्ने उनीहरूले केही समय कारागार बसेर फर्किएका हुन् ।

कारागारबाट निस्किएलगत्तै पुन: आपराधिक क्रियाकलापमा सक्रिय बनेका उनीहरूले आफूलाई प्रहरी बताउँदै असार ११ गते बिहान ११ः१५ बजेतिर लुटपाट गरेका थिए ।

उनीहरूको समूहले विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको थियो ।

त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर–१३ को महतो टोलबाट अपहरण गरेको थियो

मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ जतुवा पुर्‍याएर रकम लुटपाट गरी उनलाई छाडिदिएको थियो ।

भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर बैंकमा जम्मा गर्न जाँदै विक्रम अपहरणमा परेका थिए ।

अपहरण गरेर साथमा भएको रकम डकैती गरेपछि त्यो समूहले उनलाई छाडेको थियो ।

‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई लगेका थिए । त्यसपछि एकान्तस्थलमा पुर्‍याएर लुटपाट गरिएको थियो ।

हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले साथमा भएको रकम लुटपाट गरेको भन्दै विक्रमले प्रहरीमा जाहेरी दिए ।

घटनामा पाण्डेले प्रयोग गरेर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित समय: बिहिबार १९ असार, २०८२, ११:१८:०२
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
माग नसुनिएको भन्दै हर्क साम्पाङको प्रश्न,ढुङ्गाको देश हो कि मान्छेको ?
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०