मध्यरातमा गणतन्त्रको त्यो घोषणा

-नारायण काफ्ले
बिहिबार १६ जेठ, २०८२
१२ महिनाअघि

राणा शासनको उत्तरार्धमा शासनव्यवस्थाको निरन्तरताको विषयमा शासकहरू स्वयम् विभाजित थिए ।

सुधारवादी राणा शासक प्रजातान्त्रिक व्यवस्थाको वकालतमा थिए केहीले वंशीय एकात्मक शासनकै पक्षपात गरिरहे ।

शासकभित्रको आन्तरिक द्वन्द्वले नेपालमा प्रजातान्त्रिक शासनव्यवस्थाको प्रस्थानलाई थप बलियो बनायो ।

जसले २००७ सालमा मुलुकमा प्रजातान्त्रिक शासनव्यवस्थाको सुरुवात गरायो ।

आन्तरिक किचलोसँगै सपरिवार भारत पुगेका राजा त्रिभुवन ‘दिल्ली सम्झौता’ पछि २००७ फागुन ४ गते स्वदेश फर्किए ।

स्वदेश फर्किएको तीन दिनपछि राजाले शाही घोषणामार्फत प्रजाको शासन ‘गणतन्त्रात्मक विधान’ अनुसार हुने उद्घोष गरे ।

फागुन ७ मा त्रिभुवनले गरेको सम्बोधनमा अघि भनिएको थियो, “हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार होस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय छ ।”

संवैधानिक रूपमा राजासमेत राजकाजमा रहने परिकल्पना भएका बेला‘गणतन्त्रात्मक विधान’ को अर्थ र आशय भने स्वतन्त्र रूपमा पुष्टि भएको पाइन्न तर दस्ताबेजमा गणतन्त्रात्मक शब्द प्रयोग भएको पाइन्छ ।

कतिपयले त्यसलाई निर्वाचित संविधान सभाले तर्जुमा गरेको प्रजातान्त्रिक संविधान भनेर व्याख्या गरेका छन् । त्योबेला पनि संविधान सभाको निर्वाचन भने भएन ।

२००७ सालको राजनीतिक परिवर्तनपछि छोटो अवधि प्रजातान्त्रिक शासनव्यवस्था प्रचलनमा रह्यो तर शाही वक्तव्यमा शक्तिको स्रोत जनता भनेका राजाले अधिकार प्रत्यायोजनमा उदार बन्न सकेनन् ।

शक्ति र शासन दुवै त्रिभुवनकै वरिपरि सीमित बन्यो, फलस्वरूप प्रजातान्त्रिक व्यवस्था १० वर्ष पनि टिक्न सकेन ।

त्रिभुवनको शेषपछि २०१७ पुस १ गतेदेखि निर्वाचित सरकार अपदस्थ भएर ‘माटो सुहाउँदो’ व्यवस्थाको आवरणमा एकदलीय पञ्चायती व्यवस्था नै सुरु भयो ।

प्रजातान्त्रिक शासनव्यवस्थाका आधारस्तम्भ मानिने बहुलवादमा आधारित खुला प्रतिस्पर्धा, नागरिक अधिकार र नागरिक स्वतन्त्रता निलम्बनमा परे ।

प्रजातान्त्रिक व्यवस्था निलम्बनमा परेर सुरु भएको पञ्चायतमा पनि छिटफुट भए पनि गणतन्त्रका आवाज उठिरहेका थिए ।

प्रजातान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने दलहरू पञ्चायतको दमनमा परे पनि केही साना दल र समूहले गणतन्त्रको मत र मागलाई उठाए ।

मूलधारको राजनीति र प्रभावशाली नभए पनि रामराजाप्रसाद सिंहले गणतन्त्रका लागि आवाज उठाएका अभिलेख पाइन्छन् ।

सिंहले २०२८ मा राष्ट्रिय पञ्चायत चुनावमा भाग लिएर जिते पनि राजतन्त्र विरोधी छविका कारण शपथ हुन सकेन, बरु जेल पुगे ।

जनदबाबमा शपथ भए पनि उनलाई पुनः राजनीतिक मुद्दा लगाई अधिकारबाट बञ्चित गरियो ।

सिंह मुलुक गणतन्त्र घोषित भएपछि राष्ट्रपतिका उम्मेदवार बनी पराजित भए ।

माओवादीले सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाए पनि निर्वाचित हुन सकेनन् ।

राजनीतिक दलले संवैधानिक राजतन्त्र स्वीकार गरी गणतन्त्रको अवधारणासमेत नसोचेको समयमा वकालत गर्ने सिंहले गणतन्त्रको प्रथम राष्ट्रपति बन्ने अवसर भने पाएनन् ।

सक्रिय राजतन्त्र र पञ्चायती व्यवस्थाले वितृष्णा फैलिएकाले नागरिक तप्का र राजनीतिक दल एकीकृत हुँदै संयुक्त जनआन्दोलन भयो ।

फलस्वरूप २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापित भयो ।

प्रजातान्त्रिक व्यवस्था पुनस्र्थापित भए पनि तत्कालीन दलले संवैधानिक राजतन्त्र स्वीकार गरेका थिए ।

राजा संसदीय व्यवस्थाको संवैधानिक प्रमुखका रूपमा स्थापित भए ।

जनताको निराशा, भ्रष्टाचार, विकासप्रति निराशाजनक गति र केन्द्रीकृत शासनव्यवस्थाको विकल्पमा बहस चुलिँदै गए जसकारण वैकल्पिक व्यवस्थाको खोजी हुन थाल्यो ।

प्रजातन्त्र पुनस्र्थापनाको दशक नपुग्दै नेपाल पुनः आन्तरिक द्वन्द्वमा फस्यो ।

दस्ताबेजमा गणतन्त्र

गणतन्त्रको माग र बहसलाई सङ्गठित रूपमा राजनीतिक दस्ताबेजमा विद्रोही शक्ति माओवादीले लिपिबद्ध गर्‍यो ।

२०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गर्नुअघि तत्कालीन प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा ‘जनगणतन्त्रात्मक व्यवस्था’ को स्थापना र जननिर्वाचित सभाबाट संविधान निर्माणको एजेन्डा समावेश गरेको थियो ।

सुशासन अभाव, सेवा प्रवाहबाट असन्तुष्ट नागरिक समाजले माओवादीका एजेन्डालाई परिवर्तनको संवाहक नै माने ।

राज्यको संरचनामाथिको खबरदारी राजसंस्थाको भूमिका नागरिकमा बुझाउन पनि सशस्त्र युद्धले भूमिका खेल्यो ।

नागरिक तहमा राजनीतिक र सांस्कृतिक चेतमा गुणात्मक फड्को माओवादी द्वन्द्वले पार्‍यो ।

माओवादीले राजतन्त्रलाई सामन्ती, जनविरोधी र ‘प्रतिक्रियावादी’ संस्था मानेका थिए ।

युद्धको समयमा नै गाउँ गाउँमा वैकल्पिक शासनव्यवस्था, जनअदालतको अभ्याससमेत माओवादीले गरे ।

गणतन्त्रात्मक शासनव्यवस्थाको झल्को भन्दै माओवादीले स्थानीय जनसरकार गठन गरे । शान्ति सम्झौतासँगै त्यस्ता संरचना औपचारिक रूपमा भंग भएका थिए ।

माओवादी द्वन्द्व उत्कर्षमा रहेकै बेला भएको २०५८ जेठको दरबार हत्याकाण्डले राजसंस्थाप्रतिको नागरिक भरोसमा ठुलो परिवर्तन गर्‍यो ।

दरबार हत्याकाण्ड, त्यसपछिको अस्थिर राजनीति र तत्कालीन राजा ज्ञानेन्द्रको सत्तारोहणले समेत गणतन्त्रको आवाज उठाउनेलाई बल दिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले लत्याएको संवैधानिक लक्ष्मणरेखाले झनै गणतन्त्रका लागि माहोल बनाइदियो ।

राजाको प्रत्यक्ष शासन र सङ्कुचनमा परेको राजनीतिक र नागरिक अधिकार फिर्ताका लागि बिस्तारै दलहरू एकजुट भए ।

राजसंस्थाप्रति नागरिक तहमा बढेको वितृष्णा र आन्तरिक द्वन्द्व विसर्जनको विन्दुका रूपमा दोस्रो जनआन्दोलन सुरु भयो ।

२०६२/६३ सालको जनआन्दोलन नेपालमा गणतन्त्र स्थापनाको निर्णायक मोड बन्यो ।

तत्कालीन सात दल र माओवादी पार्टीबिच भारतमा भएको १२ बुँदे सहमतिले आन्दोलनको रूपरेखा तय गर्‍यो ।

आन्दोलनको मुख्य मागमध्ये राजा ज्ञानेन्द्रको निरङ्कुशता अन्त्य र जनताको सार्वभौमसत्ता स्थापना मुख्य माग थिए ।

विघटित प्रतिनिधि सभाको पुनस्र्थापनालाई दलहरूले एजेन्डा बनाएका थिए ।

जनआन्दोलनको चर्को दबाबपछि राजा ज्ञानेन्द्रले कार्यकारी शक्ति जनप्रतिनिधिमा फिर्ता गरे र संसद् पुनर्स्थापित भयो ।

जेठ ४ को त्यो घोषणा…

सात राजनीतिक दल र नेकपा (माओवादी) को सहकार्यमा भएको जनआन्दोलनबाट प्रतिनिधि सभा पुनर्स्थापित भयो ।

जनआन्दोलनले संविधानसभाबाट नयाँ संविधान बनाउने, नेपाल राज्यको संचरना र राज्यशक्तिको बाँडफाँटमा परिवर्तन गर्नेलगायतका मुख्य उद्देश्य राखेको थियो ।

यस्तै संवैधानिक राजतन्त्रात्मक व्यवस्थाबाट गणतान्त्रिक व्यवस्थामा देशलाई लैजाने, समानुपातिक समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने र देशलाई धर्मनिरपेक्ष बनाउने एजेन्डा पनि जनआन्दोलनका थिए ।

जनआन्दोलन सफल भए पनि त्यसपछिको संवैधानिक, कानुनी शून्यता प्रशस्त थिए ।

नेपालको ‘म्याग्नाकार्टा’ भनेर चिनिएको प्रतिनिधि सभाको २०६३ जेठ ४ को ऐतिहासिक घोषणाले संवैधानिक व्यवस्था संस्थागत नहुँदासम्म राजनीतिक सहमति, जनआन्दोलनको भावना र सोही घोषणाबाट राज्यलाई निर्देशित गरेको थियो ।

नागरिकको सार्वभौम अधिकार प्रतिनिधि सभामा निहित रहेको घोषणा भएको थियो । सोही ऐतिहासिक घोषणाले राजसंस्था बिदाइ गर्‍यो ।

संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो ।

संविधान सभा र गणतन्त्रको घोषणा

सात दशकभन्दा लामो प्रयासपछि मुलुकमा पहिलो पटक २०६४ चैत २८ गते संविधान सभाको निर्वाचन भयो ।

विद्रोहपछि शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको माओवादी संविधान सभामा सबैभन्दा ठुलो दल बन्यो ।

२०६३ जेठ ४ गतेको घोषणाबमोजिम संविधान सभा/व्यवस्थापिकाको पहिलो बैठकबाट मुलुक औपचारिक रूपमा गणतन्त्रमा रूपान्तरण भयो ।

२०६५ साल जेठ १५ गते संविधान सभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो ।

औपचारिक रूपमा राजतन्त्रको अन्त्य भयो ।

गणतन्त्र घोषणाको दिनको संविधान सभाको बैठक झन्डै १० घण्टा ढिला भएको थियो । बैठक ढिलाइ हुँदा समेत विभिन्न आशंका र अड्कल गरिएका थिए ।

पहिलो बैठक २०६५ साल जेठ १५ गते दिनको ११.०० बजे बस्ने गरी आह्वान भएको थियो ।

राष्ट्रपति र उपराष्ट्रपतिको संवैधानिक व्यवस्थालगायतमा संविधान संशोधनसमेत आवश्यक भएको र राजनीतिक सहमतिका लागि छलफल चलेको थियो ।

उक्त छलफल लम्बिँदा बैठक ढिला भयो ।

गणतन्त्र कार्यान्वयनको प्रस्तावको विधिमा पनि लामो विमर्श भएको थियो ।

संविधान सभामा प्रतिनिधित्व गर्ने दलबिच आपसी समझदारीका लागि छलफल लामो हुँदै जाँदा संविधान सभाको बैठक १० घण्टा २० मिनेट ढिलो गरी राति ९:२० मा सुरु भएको थियो ।

मध्यरातमा संविधान सभाले गणतन्त्र घोषणा गरेको थियो ।

नेपालमा गणतन्त्रको बहस लामो संघर्षको उपज हो ।

गणतन्त्र निरन्तरको राजनीतिक संघर्ष, जनआन्दोलन, युद्ध, राजसंस्थाको गैरजिम्मेवार रवैया, नागरिक असन्तुष्टि र नागरिक चेतनाको परिणाम हो ।

राज्य संयन्त्रमा सहभागिता, लोकतान्त्रिक मूल्यमान्यता, मानव अधिकार र समतामूलक प्रतिनिधित्व बढाए पनि लक्षित वर्ग अपेक्षित अझै हुन नसकेको आवाज उठिरहेका छन् ।

विकेन्द्रीकरणको अवधारणालाई संघीय व्यवस्थाले पृष्ठपोषण गरे पनि अधिकार निक्षेपणमा अहिले पनि कतिपय कानुन बनिसकेका छैनन् । जसमा प्रभावकारी पहिचान र प्रयोगको आवश्यकता छ ।

शासनव्यवस्था फेरिनु नागरिकको असन्तुष्टि सकिनु हैनन् भन्ने सैद्धान्तिक बुझाइलाई झन्डै दुई दशकका गणतान्त्रिक यात्राले पनि समर्थन गरेको छ ।

राजतन्त्रलाई बिदा गरेर गणतन्त्र रोज्नुको अर्थ– सत्ता, शक्ति र निर्णयको केन्द्र नागरिक तहमा प्रत्यायोजन गर्नु थियो ।

मुलुक शासकीय संरचनामा नयाँ फड्को मारे पनि कतिपय काम कारबाही अझै पनि गणतन्त्रको चरित्रसँग मिल्दा छैनन् ।

निर्णय प्रक्रिया र शासनको चक्रमा नागरिक प्रतिनिधि सोच जस्तो बलियो बनिसकेको छैन ।

किनकि, यसबीचमा कतिपय समस्या निर्मूल हैन स्वरूप मात्र फेरिएका छन् ।

प्रकाशित समय: बिहिबार १६ जेठ, २०८२, १०:४२:११
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
नेपालको एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति सन् २०३० सम्म स्थगित
शुक्रबार ८ जेठ, २०८३
राष्ट्रिय सभाकाे बैठक स्थगित
शुक्रबार ८ जेठ, २०८३
देशभर नयाँ सवारी साधनको दर्ता रोक्का
शुक्रबार ८ जेठ, २०८३
कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले बैठक जारी
शुक्रबार ८ जेठ, २०८३
नियमित दौडका क्रममा सशस्त्र प्रहरीका सात जवान बेहोस
शुक्रबार ८ जेठ, २०८३
जेठ १४ गते देशभर सार्वजनिक बिदा
शुक्रबार ८ जेठ, २०८३
बालेनको मौनताले उठाएका प्रश्न
शुक्रबार ८ जेठ, २०८३
रवि लामिछानेले प्रदेश सांसदहरूसँग चरणबद्ध छलफल सुरु गर्दै, पार्टी सुदृढीकरणमा जोड
शुक्रबार ८ जेठ, २०८३
सुदूरपश्चिममा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०