विराटनगर । कार्यविभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ ।
एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन ।
ओलीले अघि सारेको कार्य विभाजनको प्रस्तावमा कतिपय नेताहरूलाई दोहोरो तेहेरो जिम्मेवारी दिने उल्लेख छ ।