श्रमिक अभाव, एउटा गम्भीर चुनौती

-तीर्थराज बजगाईं
बुधबार १५ जेठ, २०८२
१२ महिनाअघि

विगतका दशकहरूदेखिकै वैदेशिक रोजगारीप्रतिको असीम आकर्षणले क्रमिक रूपमा देशभित्रका उत्पादन तथा रोजगारमूलक उद्योगहरूमा श्रमिक अभावको कुहिरो लाग्न थालेको हो ।

यसले मुलुकको औद्योगिक उत्पादन, अर्थतन्त्रको स्थायित्व र समृद्धिलाई प्रतिकूल प्रभाव पार्दै आएको छ । श्रमिक अभावको यो महामारी तत्कालीन मात्रै होइन, भविश्यका पुस्ताहरूका लागि पनि गम्भीर बन्दै गएको छ ।

यो परिस्थितिमा सुधार नआए उत्पादन घटने मात्र होइन, देशको आत्मनिर्भरता र राष्ट्रिय गौरवको आधार नै नष्ट हुँदै जाने देखिन्छ ।

वि.स. २०५०-०५५ सालयता नै सुरु भएको वैदेशिक रोजगारीको लहर आजका दिनसम्म अटुट रूपमा निरन्तर वृद्धि हुँदै आएको छ । खाडी मुलुक, मलेसिया, कोरिया, जापान, अष्ट्रेलिया र युरोप मात्र होइन, पछिल्लो समय अमेरिका र क्यानाडालगायतका उन्नत राष्ट्रहरू समेत नेपाली युवाहरूको आकर्षक गन्तब्य बनेका छन् ।

हाम्रो देशबाट वार्षिक रूपमा करिब सात लाख युवा जनशक्ति रोजगारीको लागि विदेशिनु सामान्य भएको छ, यसरी उद्योग कलकारखानामा काम गर्न योग्य उमेर समुहका युवा बाहिरिनुले स्वदेशी श्रम बजारमा असामान्य खडेरी परिरहेको बुझ्न त्यति कठिनाई हुँदैन ।

आज दक्ष जनशक्ति त परको कुरा अदक्ष श्रमिक पाउन समेत मुस्किल पर्दै गएको छ र यस शृंखलाले रोजगारमूलक औद्योगिक संरचनामा ध्वंसात्मक प्रभाव पर्न थालेको छ ।

नेपालको वर्तमान अवस्था बुझ्न आँखा उघारेर हेर्नुपर्छ, कान खोलेर सुन्नुपर्छ र मुटु खोलेर महसुस गर्नुपर्छ । अर्थतन्त्रको मेरुदण्ड मानिने औद्योगिक क्षेत्र आज आफ्नै देशमा श्रमिक नपाएर मरुभूमि बनेको छ ।

बाँझिएको जमिनले होइन, बाँझिएको श्रमशक्तिले मुलुकलाई खतरामा पारिरहेको छ । आज देशमा खुलेका, चलेका र रहेका उत्पादन र रोजगारमूलक उद्योगहरूमा आवश्यक जनशक्ति छैन । यही श्रम जनशक्तिको अभाव अहिले मुलुकको खतरनाक चुनौती बनेको छ ।

हाम्रो देशको परिदृश्य हेर्दा अचम्म लाग्छ, जहाँ आधाभन्दा बढी जनसंख्या ४० वर्षभन्दा कम उमेर समूहका मानिसहरूको छ, जहाँ बेरोजगार संख्या प्रतिवर्ष पाँच लाख थपिन्छ भन्ने छ, त्यही देशमा श्रमिकहरूको अभाव छ ।

नेपालबाट बर्सेनि लाखौं युवा वैदेशिक रोजगारीका लागि विदेशिनु केवल जीविकाको लागि मात्र होइन, राज्यप्रतिको असन्तुष्टिले पनि हो ।

यो तथ्य आफैंमा राज्य सञ्चालकहरूको नीतिगत विफलताको प्रतीक हो । देशले उत्पादन बढाएर निर्यात गर्नुपर्ने बेलामा, औद्योगीकरण गरी रोजगारी सिर्जना गर्नुपर्ने बेलामा, सीमित मात्रामा सञ्चालित उद्योगहरूमा नै जनशक्तिको अभाव हुनु जस्तो बिडम्वना अरू के हुन्छ र ?

गाउँका लहरिएका बारीहरू बाँझिदैछन्, कलकारखाना रित्तिँदैछन्, घरमा बाआमा बूढिँदैछन् तर युवाहरू विदेशको भिडमा हराउँदैछन् ।

विदेशी भूमिले देशको उर्जाशिल जनशक्ति तानेको छ, यसैमा हाम्रा राज्य सञ्चालकहरू सर्वाधिक खुसी देखिन्छन् । रमाइलो त अझ के छ भने, विदेशी भूमिमा नेपाली श्रमिक अत्यन्त मेहनती, इमान्दार र अनुशासित भनेर प्रंशसा पाउँछन् ।

तर त्यही युवा आफ्नो देशमा काम गर्न चाहँदैन, किन ? यो प्रश्न जति गहिरो छ, उत्तर झनै पिडादायक छ ।

नेपालमा एक श्रमिकले मासिक १५–२० हजार कमाउँछ भने त्यही श्रमिकले विदेशी भूमिमा उसले सोही सिपको आधारमा ४५–५० हजार भन्दा बढी कमाउँछ ।

श्रमिकको काम शारीरिक हुन सक्छ, तर त्यसको मूल्य भावनात्मक, आर्थिक र सामाजिक रूपमा मूल्यवान हुन्छ । तर जबसम्म समाजले श्रमलाई गरिमासँग हेर्दैन, तबसम्म श्रमिकले सम्मानित जीवन पाउँदैन ।

श्रमिकलाई प्रतिष्ठा दिनु भनेको उसले गर्ने कामलाई सम्मान गर्नु हो । श्रमिकलाई समाजमा ‘हुनसक्ने’ पात्र होइन, ‘अवश्य चाहिने’ आधारस्तम्भ भनेर मान्यता दिनु पर्छ ।

तर आजको यथार्थ के छ ? हाम्रो समाजमा शारीरिक श्रम गर्ने मान्छे हेपिन्छ । कुल्ली, लेबर, कारिगर, मजदुर, हेल्पर आदि शब्द नै हेपाहा शैलीमा उच्चारण गरिन्छ ।

हामीले श्रमिकप्रति प्रयोग गर्ने भाषा अपमानजन्य हुने गर्दछ, ‘त्यो मान्छे लेबर हो’, ‘यो काम त कुल्लीको हो’, ‘हेल्परजस्तो व्यवहार नगर्नु’ आदि – यी भनाइहरूले गहिरो रूपमा श्रमिकप्रतिको तिरस्कार बोकेको छ ।

सडकमा डोजर चलाउने, भवन बनाउने, कपडा सिउने, खाना पकाउने, उद्योगमा मेसिन चलाउने, खेत जोत्ने आदि श्रमिकले गर्ने काम हुन् । हाम्रा सबै भौतिक संरचना श्रमिकको पसिनाबाट बनेका हुन् ।

हामीमध्ये धेरैले सपना देख्ने सहर दुबई बालुवामा बनाइएको हो । तर त्यो बालुवामा पसिना मिसाउने हातहरू हाम्रै नेपाली श्रमिकहरूका थिए । त्यो चकमक प्रकाशको सहरमा उनीहरूले आफ्नो सपना होमेका थिए ।

हाम्रा स्कुलहरूमा बच्चालाई धम्की दिन प्रयोग गरिन्छ ‘राम्रो पढ– हैन भने लेबर हुन्छस्’, युवाहरू ‘कस्तो काम’ भन्ने चिन्ताले सीपमुलक काम गर्न चाहँदैनन् ।

समाजले श्रम गर्ने मान्छे भन्दा टाइ कसेर बसेको मान्छेलाई बढी इज्जत दिन्छ । यो मानसिकता परिवर्तन नगरी देशमा न प्रतिष्ठा आउँछ न विकास हुन्छ ।

हाम्रो बिद्यालयले श्रमको सम्मान सिकाउँदैन । ‘पढेर अफिस बस्ने’ सपना मात्रै देखाइन्छ, तर ‘पढेर काठ काट्ने इन्जिनियर’ बन्नु पनि गर्व हो भन्ने कुरा पढाइँदैन ।

विदेशी भूमिमा श्रमिकहरू गहिरो सम्मानका लागि परिचित छन् । त्यहाँ कुनै काम सानो छैन, प्लम्बर, इलेक्ट्रिसियन, मिस्त्री, हेल्पर आदि सबैलाई समान गरिमाका साथ व्यवहार गरिन्छ ।

त्यसैले ती देशहरुले टेक्नोलोजीमा प्रगति गरे, आत्मनिर्भर भए । हाम्रा युवा बिदेश जान चाहान्छन्, जहाँ जुनसुकै काम पनि सम्मानित छ ।

तर आफ्नो देशमा त्यहीँ काम गर्न त्यो युवालाई लाज लाग्छ, त्यो लाज काम गर्ने ब्यक्तिमा मात्र होइन हाम्रो समाजको संस्कारमा छ ।

श्रमिकको त काममा पसिना मात्र होइन, सपना पनि छ, जिम्मेवारी छ, संघर्ष छ । तर हामी कामलाई हेर्छौ, मान्छेलाई होइन । नेपाली युवाले विदेशी भूमि रोज्नुमा यी र यस्तै मनोवैज्ञानिक एवम् संरचनात्मक कारणहरू रहेका छन् ।

प्रकाशित समय: बुधबार १५ जेठ, २०८२, १०:४२:३५
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
नेपालको एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति सन् २०३० सम्म स्थगित
शुक्रबार ८ जेठ, २०८३
राष्ट्रिय सभाकाे बैठक स्थगित
शुक्रबार ८ जेठ, २०८३
देशभर नयाँ सवारी साधनको दर्ता रोक्का
शुक्रबार ८ जेठ, २०८३
कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले बैठक जारी
शुक्रबार ८ जेठ, २०८३
नियमित दौडका क्रममा सशस्त्र प्रहरीका सात जवान बेहोस
शुक्रबार ८ जेठ, २०८३
जेठ १४ गते देशभर सार्वजनिक बिदा
शुक्रबार ८ जेठ, २०८३
बालेनको मौनताले उठाएका प्रश्न
शुक्रबार ८ जेठ, २०८३
रवि लामिछानेले प्रदेश सांसदहरूसँग चरणबद्ध छलफल सुरु गर्दै, पार्टी सुदृढीकरणमा जोड
शुक्रबार ८ जेठ, २०८३
सुदूरपश्चिममा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०