मानगढ खानेपानीको चुनाव जेठ १० गते गर्ने सहमति

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । देशकै नमुना खानेपानी आयोजनाका रूपमा चिनिएको विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गतको  मानगढ खानेपानी आयोजनाको निर्वाचन आगामी जेठ १० गते हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सर्वपक्षीय बैठकले आगामी जेठ १० गते पुनः निर्वाचन प्रक्रिया थाल्नेगरी सहमति भएको हो ।

सिडिओ कार्यालयमा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, संघीय खानेपानी आयोजनाका प्रमुख सुरतलाल चौधरी, अध्यक्षका उम्मेदवारहरू राम घिमिरे, लालमणि भट्टराई र दुर्गा चापागाईं, खानेपानी समितिका प्रधिनिधि, सरोकारवाला वडाका वडाध्यक्ष, जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरू सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यक्षका उम्मेदवार तथा निवर्तमान अध्यक्ष राम घिमिरेका अनुसार निर्वाचन १० गते गर्नेगरी सहमति भए पनि प्रक्रिया र मतदानस्थलबारे आगामी बुधबार पुनः बैठक बसेर निर्क्यौल हुने छ ।

औपचारिक सूचना भने मतदान सुरु हुनुभन्दा १५ दिनअगाडि दिइने उनको भनाइ छ ।

यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार लालमणी भट्टराईले निर्वाचन समिति गठन तथा मतदानस्थलका विषयमा अर्को बैठकले तय गर्ने बताए ।

उनका अनुसार सिडियोले स्थलगत अनुगमन गरेर मतदानस्थलको छिनोफानो गर्ने छन् भने सुरक्षा व्यवस्थाका लागि सबै सुरक्षा निकायले तत्परता देखाएका छन् ।

गत जेठ १९ गते विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो ।

खानेपानीको निर्वाचनमा नेकपा एमाले मोरङ नेतृत्व दुई धारमा बाँडिएको थियो । खानेपानी निर्वाचनकै विवादका कारण तत्कालीन महानगर अध्यक्ष सागर थापाको जिम्मेवारी खोसिएको थियो ।

पाँच हजार नौ सय घरधुरी सदस्य रहेको खानेपानी व्यवस्थापनका लागि मतदान हुँदा सबै मतदाताले मत हाल्न पाएका थिएनन् ।

मतदान भइरहेको बेला साँझपख मतदानस्थलमा भएको विवादले मतदान प्रकिया नै भाँडिएको थियो ।

अध्यक्ष पदका उम्मेदवार रामबहादुर घिमिरे पक्षले धाँधली गर्न खोजेको भन्दै अर्को पक्षले मतदानस्थलमा होहल्ला गरेपछि अन्तिम समयमा मतदान रोकिएको थियो ।

मतदान गर्न नपाएका सदस्यका लागि जेठ २० गते समय तोकिए पनि विवादका कारण मतदान भएको थिएन ।

खसेको मतलाई गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत ३ जना उच्च अदालत पुगेका थिए ।

टंकप्रसाद खतिवडासमेत ३ जना पुनः मतदानको मागसहित अदालत पुगेका थिए ।

अन्तिम सुनुवाइका क्रममा सोमबार उच्च अदालतले कट्टेलसहित ३ जनाको रिट खारेज गरेको छ ।

खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गर्न अदालतले रिट जारी गरेको थियो ।

वार्षिक ६ अर्ब बढीको आर्थिक कारोबार गर्ने विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गतको मानगढ खानेपानी आयोजनाको अध्यक्ष बन्न फेरि तीनै जना अगाडि सरेका छन् ।

नेकपा एमालेबाट निवर्तमान अध्यक्षसमेत रहेका रामबहादुर घिमिरे र लालमणि भट्टराई तथा नेपाली कांग्रेसबाट दुर्गा चापागाईं प्यानल नै चुनावी मैदान उत्रिने छन् ।

रोकिएको मतदानसम्बन्धी विवादलाई उच्च अदालत विराटनगरले पुरानै उम्मेदवार यथावत् राखेर पुनः मतदानको आदेश दिएपछि अहिले उम्मेदवारहरू व्यक्तिगत रुपमा घरदैलोमा केन्द्रित भइसकेका छन् ।

मानगढ खानेपानी आयोजनाबाट वितरित खानेपानी हाल करिब ६ हजार घरधुरीले उपभोग गर्दै आएका छन् । तिनै उपभोक्ता मतदाता हुन् ।

प्रकाशित समय: बिहिबार ११ ब‌ैशाख, २०८२, १८:२५:२६

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
२ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
३ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०