विविध कार्यक्रमका बीच बिदा भए कान्तिपुरमा अध्ययनरत १२ कक्षाका विद्यार्थी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २९ चैत, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर-१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले कक्षा १२ मा पढ्ने आफ्ना विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।

होटल इस्टर्न स्टारमा शनिबार विविध कार्यक्रमहरूको आयोजना गर्दै कलेजले १०औं ब्याचका विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।

कक्षाको अध्ययन पूरा गरी वार्षिक परीक्षाको तयारीमा रहेका विज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत चार सय ५० जना विद्यार्थीलाई बिदाइ गरिएको हो ।

उनीहरूलाई कलेकका प्रिन्सिपल भेषराज नेपाल ‘भुवन’ ले मायाको चिनो प्रदान गर्दै बिदाइ गरे । बिदाइ कार्यक्रममा बोल्दै प्रिन्सिपल नेपालले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गरे ।

१२ को जाँच दिएर उच्च शिक्षाको प्रारम्भ गर्न लागेका विद्यार्थीहरूलाई प्राडा. तेजनारायण मण्डल, विष्णु दाहाल, डा. जनक अधिकारी, हिमालय बराल, शंकर काफ्ले लगायतले उज्ज्वल भविष्यको कामनासहित बिदाइ गरेका थिए ।

सोही अवसरमा कक्षा ११ मा पढ्ने विद्यार्थीहरूले नृत्य, गायन र क्यारिकेचर गर्दै उपस्थित अतिथि, शिक्षक-शिक्षिका तथा अभिभावकलाई मनोरञ्जन दिलाएका थिए ।

बिदाइ कार्यक्रमकै अवसर पारेर कलेजले कान्तिपुरमा अध्ययन पूरा गरी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सात जना विद्यार्थीलाई सम्मान गरेको थियो ।

यसरी समानित हुनेमा मेडिकलतर्फ एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल राजु महतो, सोनिया कामत, अरुण चौधरी, निश्चल बस्नेत, विराज अधिकारी, दिप्ती श्रेष्ठ तथा इन्जिनियरिङतर्फ प्रशान्त यादव, रन्जन खतिवडा, रोजन अधिकारीलगायत रहेका छन् ।

त्यसैगरी, कक्षा १२ को हिसान परीक्षा र कक्षा ११ को आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ४० जना विद्यार्थीहरूलाई नगद प्रमाणपत्रका साथै ३० लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।

सम्मानित विद्यार्थीहरूले कान्तिपुरमा अध्ययन गरेर शैक्षिक भविष्य सुनिश्चित गर्ने बाटो सहज बनाउन पाएको भन्दै खुसी व्यक्त गरे ।

कक्षा १२ मा वार्षिक परीक्षा दिने एक हजार ६४ जना विद्यार्थीमध्ये म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको बिदाइ कार्यक्रम यसअघि नै सम्पन्न भएको थियो ।

कलेजले शनिबार नै पोस्टर प्रेजेन्टेसन कम्पिटिसन आयोजना गरेको थियो । रसायन र भौतिक विज्ञान संकायका विद्यार्थीहरूको सहभागितामा भएको पोस्टर प्रतियोगिताका विजेता विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रोफेसर डाक्टर शिवनारायण यादव निर्णायक रहेको यस प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र चौथो हुनेलाई क्रमश: पाँच हजार, तीन हजार, दुई हजार र १५ सय रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष खुसीराज श्रेष्ठले परीक्षाका लागि राम्रो तयारी गर्न सुझाव दिए ।

कार्यक्रममा विज्ञान संकायका कोर्डिनेटर हिमाल बराल, व्यवस्थापन संकायका कोर्डिनेटर रोशनलाल राजवंशी, भाइस प्रिन्सिपल देवीलाल महतो, कलेजका फाउन्डर शंकर काफ्ले, निर्देशकहरू प्रा.डा. टिएन मण्डल, जनक अधिकारी, श्यामनारायण साह, कृष्ण भण्डारी, सन्तोष भगतलगायतको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशकै उत्कृष्ट कलेजका रूपमा स्थापित हुँदै कान्तिपुरमा गरेको विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन गरी प्ले ग्रूपदेखि कक्षा १२ सम्म करिब तीन हजार विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रकाशित समय: शनिवार २९ चैत, २०८१, १७:१६:५८

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०