विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका एक जना अवैध रूपमा बोकेको अमेरिकी डलरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारी रहेका छन् ।
उनलाई विमानस्थलबाट शुक्रबार राति ८ बजेतिर पक्राउ गरिएको हो ।
प्रहरीले चेकजाँच गर्दा अन्सारीले लगाएको कोटको गोजीभित्र अमेरिकी डलर फेला परेको थियो ।
उनको साथबाट १ सय दरका ८१ थान डलर बरामद भएको छ ।
त्यसको नेपाली रूपैयाँ नेपाली रूपैयाँ ११ हजार २ सय १४ रूपैयाँ बराबर हुन्छ ।
अन्सारीले कुन बैंकबाट डलर साटेका हुन् भनेर खुलाउन सकेनन् ।
स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।