अन्तर स्कुल क्रिकेट : अर्किड र न्यु मून सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यू मून स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको पहिलो खेलमा अर्र्किड स्कुलले डिएभी स्कुललाई ९ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश हो ।

Advertisement

टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १७ दशमल २ बलमा सवै विकेट गुमाई ७२ रन बनाएको थियो ।

डिएभीका लागि प्रभान्सु कर्णले सर्वाधिक १६ रनको योगदान दिए ।

अर्किडका सुजन यादवले ३ विकेट लिँदा प्रेम कामतले २ विकेट लिए ।

७३ रनको लक्ष्य पछ्याएको अर्किडले ७ दशमलव ३ बलमा १ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो ।

अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले सर्वाधिक ५० रनको योगदान दिए ।

डिएभीका केशव झाले १ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले अरनिको स्कुललाई ५८ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४६ रन बनाएको थियो ।

न्यूमूनकालागि इस्तियाक आलमले सर्वाधिक ३६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८८ रनमा सिमित भयो ।

अरनिकोका प्रिन्स मेहताले सर्वाधिक २६ रनको योगदान दिए ।

न्यू मूनका प्लेयर अफ म्याच समिर आलमले–३ विकेट लिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०