विराटनगर । विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ ।
शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो ।
उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय समितिका पूर्वतदर्थ समितिका संयोजक चन्दन कौशिक, स्कुलका प्रिन्सिपल मिथलेश ठाकुर, विराटनगर– १२ का वडाध्यक्ष सूर्यलाल यादव, पूवाञ्चल स्कुलका स्काउटका संयोजक अर्जुन श्रेष्ठलगायतले स्काउट ब्याच र स्कार्फ वितरण गरे ।
पछिल्लो समयमा समाजमा विभिन्न खालको विकृति बढोत्तरी हुँदै गएकाले स्काउट साथै खेलकुदको माध्यमबाट समाजलाई अनुशासित बनाउन विनायक स्कुलले खेलेको भूमिका प्रिन्सिपल ठाकुरले बताए ।
विनायक स्काउट ट्रुपका सदस्य सचिव प्रदिपकुमार विश्वासले प्रतिज्ञा ग्रणह गराए ।
स्काउटको माध्यमद्वारा विद्यार्थीलाई नैतिकवान, मर्यादित, चरित्रवान साथै समाजप्रति जिम्मेवार बनाउन विगत एक दशकभन्दा पहिलेदेखि विद्यालयमा स्काउट कक्षा सञ्चालन गरिएको प्रिन्सिपल ठाकुरको भनाइ छ ।
शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रही आत्मरक्षा गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादनमा सहयोग पुर्याउने स्कुलका प्रिन्सिपल ठाकुरले बताए ।