पेटी ठेक्काले निम्त्याएको समस्या : वर्षौं बित्दा पनि बनेन सडक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ कार्तिक, २०८१
२ वर्षअघि

धरान । ठेकेदार कम्पनीको लापरबाहीका कारण सुनसरीको धरान उपमहानगरपालिका जोड्ने दुईवटा सडक पाँच वर्षदेखि अलपत्र परेका छन् ।

शनिबार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थलगत अनुगमनका क्रममा धरान जोड्ने दुई सडक वर्षौं बित्दा पनि नबनेको पाइएको हो ।

निर्माण व्यवसायी आफैंले काम नगरी पेटी ठेक्का दिने र त्यो ठेकेदारले पनि समयमै काम नगर्दा ठूला आयोजनाहरुको अवस्था कसरी दयनीय बन्दैछ भन्ने उदाहरण हेर्न धरान जोड्ने दुई सडक हेर्दा पुग्छ ।

कन्यापोखरीदेखि धरान उपमहानगरपालिका–१५ को निराजन बस्तीसम्मको १६.८७ किलोमिटर र महेन्द्रनगरको बांगे, कालाबन्जार हुँदै धरान जोड्ने १३.५ किलोमिटर सडक लुम्बिनी गजुरमुखी जेभीले अलपत्र छाडेको हो ।

पूर्वाधार विकास कार्यालय मोरङको मातहत रहेको १६.८७ किलोमिटर लामो सो सडक निर्माणको ठेक्का लुम्बिनी गजुरमुखी जेभीले २०७६ असोज १५ गते लिएको थियो ।

३९ करोड २३ लाख ४१ हजार १६३ रुपैयाँमा भएको ठेक्का सम्झौताअनुसार सडक निर्माण २०७८ असोज १५ गतेसम्ममा सक्नुपर्ने भए पनि उसले पेटी ठेक्कामा अर्कै ठेकेदारलाई काम गर्न दिएको थियो ।

जसअनुरूप काम सम्पन्न नभएपछि रुग्ण सडकको प्रयोग गर्नुपर्दा स्थानीय आक्रोशित बनेका छन् ।

२०८० असार २८ गते काम सम्पन्न पहिलो पटक थप गरियो ।

उक्त समयावधिमा पनि काम नभएपछि दोस्रो पटक पुनः १ वर्षको म्याद थप गरियो ।

उक्त अवधिमा पनि काम नगरेपछि प्रदेश सरकारले तेस्रो पटक मंसिर १ गते काम सुरु गरी २०८२ असार मसान्तसम्मको समयमा काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

उक्त निर्माण कम्पनीले हालसम्म २१ करोड ७४ लाख ४१ हजार रुपैयाँ भुक्तानी लगिसकेको भए पनि हालसम्म ५९ प्रतिशत मात्र काम भएको छ ।

पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठ आफैं पनि निर्माण व्यवसायीद्वारा पटकपटक बिना कारण निर्माण कार्य बन्द गर्नु, समयमै ठेक्का सम्पनन गर्नेतर्फ चासो नदिनु, निर्माण व्यवसायीद्वारा व्यवस्थापकीय बैठक तथा निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता अनुरुप कार्य नगर्नु र निर्माण व्यवसायीद्वारा सम्झौता अनुरुपको उपकरण, जनशक्ति, औजार आदिको उचित व्यवस्थाको कमि हुनुले समस्या निम्त्याएको बताउँछन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साहले आफूहरुले बाटो बनाएर सुविधा दिन खोजेको भएपनि बाटो नबन्दा जनतालाई सास्ती भएको भन्दै क्षमा मागे ।

तर, छद्म रुपमा पेटी ठेक्का दिँदा समस्या निम्तिएको उनको दाबी छ ।

यसैगरी पूर्वाधार मन्त्री भूपेन्द्र राईले रुग्ण आयोजनाको छलफल मन्त्रालयमा नभई नागरिकको तहमै गर्ने निर्णयअनुसार अनुगमनमा आएको बताउँदै काम सक्नका लागि ठेकेदार कम्पनीलाई सबैसामु प्रतिबद्धता जनाउन निर्देशन दिए ।

सडक बेलैमा बनाउन नथाले र समयमै नसकेमा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता खारेज गर्ने चेतावनी उनको थियो ।

यता, निर्माण कम्पनीका प्रतिनिधि सन्तोष गौतमले छठपछि काम सुरु गर्ने र समयमै काम सम्पन्न गर्ने सबैसामू प्रतिबद्धता जनाएका थिए ।

उनले उक्त सडकको अवस्था हेर्दा आफैंलाई अप्ठ्यारो भएको बताउँदै पेटी ठेक्कामा दिएकाले सब–कन्ट्रयाक्टमा काम गर्नेले निर्माणको काम बीचैमा छोडिदिँदा समस्या भएको बताए ।

सोही निर्माण कम्पनीले ठेक्कामा लिएको प्रदेशकै सुनसरीस्थित बराहक्षेत्र नगरपालिका महेन्द्रनगरको बांगेबाट हल्दिया-कालाबन्जर-तीनकुने-भलुवा चौरी हुँदै धरान जोड्ने सडक निर्माणको काम पनि अलपत्र छ ।

पूर्वाधार विकास कार्यालय मोरङले उक्त कम्पनीको धरौती जफत गर्न यसअघि असोज १ गते नै बैंकलाई पत्राचार गरिसकेको छ ।

निर्माण व्यवसायीको तर्फबाट सरकारलाई ढाँट्दै पटकपटक आफैंले गरेको प्रतिबद्धता पुरा गरेको छैन ।

कम्पनीले आफूले लिएको ठेक्का समयमै सम्पन्न गर्न २०७९ साउन ८ गते नै पूर्वाधार विकास कार्यालय मोरङलाई प्रतिबद्धता पत्र दिएको थियो ।

हालसम्म ३१ करोड ६० लाख ५१ हजार ७२३ रुपैयाँ अर्थात् ठेक्का सम्झौता रकमको ७८ प्रतिशत भुक्तानी लगिसकेको उक्त कम्पनीको भौतिक प्रगति भने ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मोरङ बताउँछ ।

प्रकाशित समय: मङ्गलबार १३ कार्तिक, २०८१, ०७:१४:५५

सम्बन्धित खबर

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
४ घण्टाअघि

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
४ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
५ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०