प्रेममा खटपटको नतिजा : प्रेमिकाको हत्या भएको तीन दिनपछि प्रेमीको शव भेटियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ चैत, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-४ स्थित नोबल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको तीन दिनपछि उनका प्रेमीको शव फेला परेको छ ।

नोबेलको अर्थो विभागमा कार्यरत २५ वर्षीया दासको हत्यामा संलग्न रहेका प्रेमी २२ वर्षीय शिवशंकर दास मृतावस्थामा भेटिएका हुन् ।

विराटनगर-४ नोबल अस्पतालअगाडिको होटल फाइनको कोठा नम्बर १०२ उनी झुन्डिएको अवस्थामा गए राति फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका शिवशंकर झुन्डिएको होटल चन्द्रिकाको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व-दक्षिणमा पर्छ ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन् ।

शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा उनको शव भेटिएको थियो ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो ।

चन्द्रिकाको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएको आशंकामा प्रहरीले खोजी कार्य थालेको थियो ।

आइतबार दिउँसो विराटनगरको कञ्चनबारीतिर शिशवंकरले प्रयोग गर्ने फोनको लोकेशन देखाएको थियो ।

ट्र्याक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो ।

एउटा होटलको ढोका नखुलेपछि फोडेर हेर्दा उनको शव झुन्डिएको अवस्थामा भेटिएको एसपी कार्कीले जानकारी दिए ।

शिवशंकर र चिन्द्रिकाको चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।

उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो ।

अर्कैसँग प्रेममा परेपछि हत्या गरिदिने मनसायले उनी गत फागुन २७ गतेमात्र मलेसियाबाट काठमाडौं फर्किएका थिए ।

उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।

प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको छ । उक्त कटर प्रहरीले बरामदसमेत गरेको छ ।

हत्यापछि उनले आफ्नी दिदीलाई आइतबार दिउँसो फोन गर्दै अब आफू पनि आत्महत्या गर्छु भनेर सुनाएका थिए ।

हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो अनुस्न्धान भइरहेको एसपी कार्कीले बताए ।

प्रकाशित समय: सोमबार ५ चैत, २०८०, ०७:०३:४८
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त
मङ्गलबार २६ साउन, २०८३
बुढीगंगा र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता
सोमबार २५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०