गिरी फाउन्डेसनद्वारा कांग्रेसका ७५ जना पुराना नेता-कार्यकर्ता सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ माघ, २०८०
२ वर्षअघि

विराटनगर । समाजसेवी अभिषेक गिरीले स्थापना गरेको गिरी फाउन्डेसनले नेपाली कांग्रेसका अग्रज नेता-कार्यकर्तालाई सम्मान गरेको छ ।

शनिबार विराटनगर महानगरपालिका-८ मधुमारास्थित अष्ट चीरन्जीवी मन्दिरको सभाहलमा एक कार्यक्रम आयोजना गरी फाउन्डेसनले कांग्रेसका पुराना नेताहरूलाई सम्मान गरेको हो ।

कोशी प्रदेशसभा सदस्य अमृत अर्याल र फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले विराटनगर-८ का ७५ जना नेता कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरे ।

पार्टीका लागि दिएको अतुलनीय योगदानको कदर गर्दै अग्रज नेता-कार्यकर्तालाई सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष गिरीले बताए ।

कांग्रेस पार्टीमार्फत देशको आर्थिक र सामाजिक विकासमा अहम् भूमिका निभाएका नेता कार्यकर्तालाई सम्मान गर्न पाउँदा हर्ष महसुस गरेको उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रमा कोशी प्रदेश सांसद तथा कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले गिरी फाउन्डेसनले नेता सम्मान गर्ने कार्यको थालनी गरेकोमा अध्यक्ष गिरिको प्रशंसा गरे । कांग्रेसलाई एक हुन यस्ता कार्यक्रमले सहयोग प्रदान गर्नेमा आफू विश्वस्त रहेको अर्यालले बताए ।

कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ४ ‘ख’ का सभापति सुवोध निरौला, समाजसेवी केदार घिमिरे, विनायक पन्तलगायतले गिरिले समाजसेवामा सक्रियता देखाएकोमा खुसी व्यक्त गरे ।

कांग्रेसलाई कांग्रेस बनाउन आफ्नो ऊर्जाशील उमेर खर्चिँदा पनि ओझेलमा पारिएका कार्यकर्तालाई सम्मान गरेर एउटा उदाहरणीय काम गरेको भन्दै कार्यक्रक्रमका वक्ताहरूले गिरी फाउन्डेसनको चर्चा गरे ।

प्रकाशित समय: आईतबार २८ माघ, २०८०, १४:१४:३०

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०