विराटनगरमा राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना हुने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २५ माघ, २०८०
२ वर्षअघि

विराटनगर । मोरङ क्रिकेट संघले राष्ट्रिय टी–२० च्याम्पियनसिपको घोषणा गरेको छ । बिहीबार विराटनगरस्थित श्रीकृष्ण होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले च्याम्पियनसिपको घोषणा गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र कोशी प्रदेश सरकारसँगको समन्वयमा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको संघले जनाएको छ । विराटनगर महानगरपालिका–१९ स्वर्गीय गिरिजाप्रसाद कोइराला खेल मैदान (वैजनाथपुर क्रिकेट मैदान) प्रतियोगिता आयोजना गर्ने संघको तयारी छ ।

Advertisement

विराटनगरमा पहिलोपटक आयोजना हुन आँटेको यो प्रतियोगिता आगामी फागुन २२ गतेदेखि चैत गतेसम्म हुने बताइएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहने मोरङ क्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैशी (बाबु)ले जानकारी दिए ।

प्रतियोगितामा जम्मा २३ वटा खेलहरू हुने छन् ।

उनका अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण राष्ट्रियस्तरको टेलिभिजनबाट गरिने छ । ‘विराटनगरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यहाँ पहिलोपटक यो स्तरको प्रतियोगिता गर्न आँटेका हौं,’ उनले भने, ‘यहाँको प्रतिभा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देखियोस् भन्ने हाम्रो उद्देश्य हो ।’

क्यानको क्यालेन्डरमा समावेश गरिसकिएकोले प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिइने प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा कोशी प्रदेश सरकार र क्यानको सहयोग रहनेमा आफूहरू आशावादी रहेको उनले सुनाए ।

राष्ट्रिय टोलीका परिचित केही खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । ती खेलाडीको नाम र ट्रफी चाँडै नै अर्को पत्रकार सम्मेलनको आयोजना गरेर खुलाइने आयोजकको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७५ लाख लाग्ने आयोजकको अनुमान छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०