पाकिस्तानसँग पनि पराजित भयो नेपाल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० माघ, २०८०
२ वर्षअघि

विराटनगर । दक्षिण अफ्रिकामा जारी १५औं संस्करणको आइसिसी यु-१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

बुधबार आफ्नो दोस्रो खेल खेलेको नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको हो ।

Advertisement

इस्टलन्डनमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
पाकिस्तानका लागि अजन आविसले ६३ रनको अर्धशतकीय पारी खेले । ८२ बल खेलेका उनले ६ चौका प्रहार गरे ।

सम्यल हुसेन र साजिव खानले ३७–३७ रनको योगदान गरे । त्यस्तै, अहमद हसनले २९ रन बनाउँदा हरोन अर्सादले १५ रनको योगदान गरे ।

नेपालका लागि आकाश चन्दले तीन विकेट लिँदा दिपेश कँडेल र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको थियो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै, दीपक डुम्ररे २६ रन बनाउँदा कप्तान देव खनालले २३ रन बनाए ।

नेपालका सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ रन जोडे ।

पाकिस्तानका लागि अर्फाद मिन्हासले तीन विकेट लिँदा उबैद साह र अहमेद हुसेनले दुई–दुई विकेट लिए ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

आजको खेलमा पराजित भएसँगै नेपालको प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर भएको छ ।

अब, नेपालले तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ । यो खेल २६ तारिखमा हुने छ ।

नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेलिरहेको छ । यसअघि नेपालले सन् २०१६ मा विश्वकप खेलेको थियो ।

त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम आठको खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसपालिको विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो ।

यस्तै, समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् ।

समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूहमा शीर्ष दुई टोली अर्को चरण (सुपर आठ) मा पुग्नेछन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०