आईपिएलमा आज : दिल्ली, मुम्बई, पन्जाब बैङ्गलोर भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
४ वर्षअघि
आईपिएलमा

१५औं संस्करणको इन्डियन प्रिमियर लिग आईपिएलमा आज दुई खेल हुँदैछन् ।

हिजोबाट सुरू भएको आईपिएलमा आज दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, पन्जाब किंग्स र रोयल च्यालचेन्र्जस बैङ्गलोरबीचमा खेल हुँदैछ ।

आजको पहिलो खेलमा दिल्लीले मुम्बईको सामना गर्दैछ । ब्रेबोर्न रङ्गशालामा दिउँसो पौने चार बजे सुरू हुने खेलमा दिल्लीको कप्तानी रिसभ पन्तले गर्नेछन् भने मुम्बईको नेतृत्वले रोहित शर्माले गर्दैछन् ।

मुम्बईलाई सूर्यकुमार यादवको अभाव हुँदा दिल्लीका लागि भने अधिकाशं विदेशी खेलाडी अनुपस्थित हुने निश्चित छ ।

डेभिड वार्नर, मिचेल मार्स, एर्निक नोर्किया, लुङ्गि इन्गिडी, मुस्ताफिजुर रेहमानको अनुपस्थितीको फाइदा मुम्बईले उठाए उसको जित निश्चित हुनेछ ।

पञ्जाब र बैङ्गलोरबीचको खेल भने पौने आठ बजे सुरू हुनेछ ।

डिवाइ पाटिल क्रिकेट रङ्गशालामा हुने उक्त खेल झनै रोमान्चक हुनेछ ।

बैङ्गलोरका नयाँ कप्तान फाप डु प्लेसिसको कप्तानी परिक्षा हुँदा उनलाई टक्कर दिन पञ्जाबका युवा कप्तान मायांक अग्रवाल तयार छन् ।

आजको खेलमा बैङ्गलोरका पनि विदेशी खेलाडीको अनुपस्थितीले समस्या निम्त्याउन सक्ने देखिन्छ ।

जोनी बेयरस्टो, कागिसो रबाडा, ग्लेन म्याक्सवेल र जोस हेजलवुडको स्थानमा अन्य खेलाडीले उत्तिकै प्रदर्शन गर्न नसके फापलाई केही दबाब हुनेछ ।

बैङ्गलोरका तुलनामा पञ्जाबमा खेलाडीको अभाव कम देखिन्छ । शिखर धवन र कप्तान अग्रवालको ओपनिङ जोडी टिक्ने हो भने उनीहरुले नै बैङ्गलोरविरुद्ध राम्रो योगफल बनाउ सक्नेछन् ।

तर आजको खेलले कस्तो दिशा लिने हो त्यसको लागि खेलको नजिता पर्खनुको विकल्प छैन ।

हिजो भएको आईपिएलको पहिलो खेलमा गत सिजनको च्याम्पियन टोली चेन्नई सुपर किंग्स कोलकत्ता नाइट राइडर्ससँग ६ विकेट पराजित भएको छ ।

आईपिएलमा भोलि पनि दुई खेल हुनेछन् ।

पहिलो खेलमा गुजरात टाइटन्स लखनउ सुपर जाइन्ट्सविरुद्ध मैदान उत्रँदा दोस्रो खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स्बीच हुनेछ ।

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, १०:४६:३०
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०