आईपिएलको पहिलाे खेलमा चेन्नई पराजित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ चैत, २०७८
२ वर्षअघि
चेन्नई

१५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल)को पहिलो खेलमा चेन्नई सुपर किङग्स (सिएसके) पराजित भएको छ ।

भारतस्थित वान्खडे रङ्गशालामा सम्पन्न आईपिएलको पहिलो खेलमा सिएसके कलकता नाइट राइडर्स (केकेआर)सँग ६ विकेटले पराजित भएको हो ।

टस जितेको केकेआरले पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो ।

टस हारेर ब्याटिङ सुरू गरेको सिएसकेको सुरुवात गतिलो हुन सकेन । आफ्ना दुई ओपनरलाई तीन रनमा गुमाएको सिएसकेको लागि महेन्द्रसिंह धोनीले सर्वाधिक रन बनाए ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले ३८ बलको सामना गर्दै सात चौका र एक छक्काको मद्दतमा अर्धशतक (५०) बनाउँदै अविजित रहे ।

धोनीबाहेक रोबिन उथाप्पाले २८, रविन्द्र जडेजाले २६ र अम्बिती रायडुले १५ रनको योगदान सिएसकेलाई दिए ।

यी चारबाहेक सिएसकेका अन्य तीन ब्याटरले मात्र ६ रन बनाउन सके ।

केकेआरका लागि उमेश यादवले सर्वाधिक दुई विकेट लिए । केकेआरका वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक-एक विकेट लिए ।

धोनीले अर्धशतक बनाएर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए पनि केकेआरका ब्याटर खेल जिताउन सफल भए ।

केकेआरका लागि ओपनर अजिन्का राहेणेले ४४ रनको योगदान दिए । राहेणेले सर्वाधिक रन बनाउँदा साम विल्ङ्सिले २५, नितिश रानाले २१ र वेन्कटेस ऐयरले १६ रन बटुले ।

जवाफी इनिङमा अविजित रहेका केकेआरका कप्तान श्रेयस आयरले २० र सेल्डन ज्याक्सनले तीन रन बनाउँदै टोलीलाई जारी संस्करणको पहिलो खेलमा नै दुई अङ्क बटुल्न सहयोग गरे ।

सिएसकेका लागि ड्वेन ब्राभोले तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन असफल भए । त्यसबाहेक मिचेल सान्टनरले एक विकेट लिए पनि सिएसकेका अन्य चार बलर विकेटविहीन रहे ।

आज खेलमा सिएसकेविरुद्ध जित दर्ता गरेसँगै केकेआरले १४औं संस्करणको फाइनलमा भोगेको हारको बदला लिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको आइपिएल २०२१को फाइनलमा सिएसकेले केकेरआरलाई २७ रनले हराउँदै उपाधि चुमेको थियो ।

जारी आईपिएलमा भोलि दुई खेल हुँदैछन् ।

पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच हुनेछ भने दोस्रो खेल पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच हुँदैछ ।

प्रकाशित समय: शनिवार १२ चैत, २०७८, २३:३६:५६
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८