आईपिएलको पहिलाे खेलमा चेन्नई पराजित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ चैत, २०७८
४ वर्षअघि
चेन्नई

१५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल)को पहिलो खेलमा चेन्नई सुपर किङग्स (सिएसके) पराजित भएको छ ।

भारतस्थित वान्खडे रङ्गशालामा सम्पन्न आईपिएलको पहिलो खेलमा सिएसके कलकता नाइट राइडर्स (केकेआर)सँग ६ विकेटले पराजित भएको हो ।

टस जितेको केकेआरले पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो ।

टस हारेर ब्याटिङ सुरू गरेको सिएसकेको सुरुवात गतिलो हुन सकेन । आफ्ना दुई ओपनरलाई तीन रनमा गुमाएको सिएसकेको लागि महेन्द्रसिंह धोनीले सर्वाधिक रन बनाए ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले ३८ बलको सामना गर्दै सात चौका र एक छक्काको मद्दतमा अर्धशतक (५०) बनाउँदै अविजित रहे ।

धोनीबाहेक रोबिन उथाप्पाले २८, रविन्द्र जडेजाले २६ र अम्बिती रायडुले १५ रनको योगदान सिएसकेलाई दिए ।

यी चारबाहेक सिएसकेका अन्य तीन ब्याटरले मात्र ६ रन बनाउन सके ।

केकेआरका लागि उमेश यादवले सर्वाधिक दुई विकेट लिए । केकेआरका वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक-एक विकेट लिए ।

धोनीले अर्धशतक बनाएर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए पनि केकेआरका ब्याटर खेल जिताउन सफल भए ।

केकेआरका लागि ओपनर अजिन्का राहेणेले ४४ रनको योगदान दिए । राहेणेले सर्वाधिक रन बनाउँदा साम विल्ङ्सिले २५, नितिश रानाले २१ र वेन्कटेस ऐयरले १६ रन बटुले ।

जवाफी इनिङमा अविजित रहेका केकेआरका कप्तान श्रेयस आयरले २० र सेल्डन ज्याक्सनले तीन रन बनाउँदै टोलीलाई जारी संस्करणको पहिलो खेलमा नै दुई अङ्क बटुल्न सहयोग गरे ।

सिएसकेका लागि ड्वेन ब्राभोले तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन असफल भए । त्यसबाहेक मिचेल सान्टनरले एक विकेट लिए पनि सिएसकेका अन्य चार बलर विकेटविहीन रहे ।

आज खेलमा सिएसकेविरुद्ध जित दर्ता गरेसँगै केकेआरले १४औं संस्करणको फाइनलमा भोगेको हारको बदला लिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको आइपिएल २०२१को फाइनलमा सिएसकेले केकेरआरलाई २७ रनले हराउँदै उपाधि चुमेको थियो ।

जारी आईपिएलमा भोलि दुई खेल हुँदैछन् ।

पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच हुनेछ भने दोस्रो खेल पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच हुँदैछ ।

प्रकाशित समय: शनिवार १२ चैत, २०७८, २३:३६:५६
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०