गर्भावस्थामा भिडियो एक्स-रेः कतिपटक गराउनु पर्छ?

गर्भावस्थामा एक्स रे

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ चैत, २०७८
४ वर्षअघि
गर्भावस्था

शरीरको भित्री अङ्ग, रगत नली तथा टिश्युमा हुने समस्या आएमा पनि भिडियो एक्स-रे (अलट्रासाउण्ड वा युएसजी) गर्न सल्लाह दिइन्छ ।

यसबाहेक गर्भावस्थामा भिडियो एक्स-रेको विशेष प्रयोग हुनेगर्छ । गर्भावस्थामा भिडियो एक्स-रे गर्नु नहुने भन्ने भ्रम समजमा व्यापक रुपमा फैलिएको पाइन्छ ।

मानिसहरूमा एक्स-रेमा भएको विकिरणले शरिरलाई हानि हुनसक्छ भन्ने बुझाइ बढेको छ । जसकारण भिडियो एक्स रे धेरै पटक गर्दा क्यान्सर हुने, बाझोपन निम्त्याउँन सक्ने भनेर सुनेको कारण समाजमा भिडियो एक्सरेसँग सम्बन्धित पनि भ्रम फैलिएको हुनसक्छ ।

युएसजीलाई भिडियो एक्स-रे भनिने हुदा यसले बच्चामा असर गर्छ भन्ने भ्रम पैदा हुनु समान्य रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत स्त्री रोग तथा प्रसूति विशेषज्ञ सिद्धार्थ कुमार यादव बताउँछन् । उनका अनुसार भिडियो एक्स-रेबाट अन्यको जस्तो विकिरण नआउने हुदा यसले आमा र बच्चामा कुनै पनि प्रकारको असर गर्दैन ।

गर्भावस्थामा जति पटक सम्म युएसजि गराएपनि सेफ नै हुने र यसले बच्चालाई असर नगर्ने डा. यादवको भनाइ छ । गर्भावस्थामा बच्चाको स्थिति थाहा पाउन भिडियो एक्स-रे गरिन्छ । डा. यादवका अनुसार गर्भावस्थामा कम्तिमा पनि तिनपटक सम्म भिडियो एक्सरे गर्नु पर्छ ।

पहिलो भिडियो एक्सरेबाट बच्चा गर्भमा बसेको वा नबसेको हेर्न, गर्भ बसेको कति हप्ता भएको, गर्भमा कति वटा बच्चा छ र डेलिभरी हुने अपेक्षित मिति थाहा पाउन सकिन्छ । त्यसपछि दोस्रो त्रैमासिक अर्थात् १८ देखि २२ हप्तामा एनोमली स्क्यान गर्नुपर्ने हुन्छ ।

एनोमली स्क्या बाट बच्चाको अवस्था, शारीरिक बनावटमा खराबी भए नभएको, बच्चाको सम्पुर्ण शारीरिक र दिमागी अवस्था तथा जन्मजात रोग पत्ता लगाउँनका लागी गरिन्छ ।

साथै, अन्तिम तिन महिना वा तेस्रो त्रैमासिकमा सालको पोजिसन हेर्न, बच्चा बसेको पोजिसन हेर्न (उल्टो बसेको वा सुल्टो), आमाको शरीरमा हुने एम्निओटिक फ्ल्युड (बच्चा हुर्किन चाहिने तरल पदार्थ)को मात्रा हेर्न र डेलिभरीको बेला हुनसक्ने जटिलता पत्ता लगाउन भिडियो एक्स रे गरिन्छ ।

यी उल्लेखित कारण वा समय भन्दा अरु कारण वा आमा र बच्चामा केहि समस्या भएमा पनि भिडियो एक्स-रे गर्न आवश्यक हुनसक्ने डा. यादवको भना‍इ छ ।

 

प्रकाशित समय: शनिवार १२ चैत, २०७८, २०:५३:०२

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०