पूर्वाञ्चल क्यान्सर हस्पिटलले यसरी मनायो ’क्यान्सर दिवस’ (तस्बिरहरू)

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
३ वर्षअघि

झापा । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलले विविध कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाएको छ । आइतबार हस्पिटलले क्यान्सरसँग सम्बन्धित विभिन्न सचेतनामूलक कार्यक्रम गरी क्यान्सर दिवस मनाएको हो ।

नेपाल क्यान्सर फाउन्डेसन, रोट्र्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनलगायत संस्थासँगको सहकार्यमा सचेतनामूलक कार्यक्रमहरू गरेर क्यान्सर डे मनाइएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले जानकारी दिए ।

Advertisement

उनका अनुसार पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट चारपाने–अर्जुनधारा–प्रणामी टोल हुँदै बिर्तामोडसम्म साइकल र्‍यालीको आयोजना गरिएको थियो ।

बिर्तामोडमा क्यान्सरसम्बन्धि सचेतनामूलक नाटक र सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । जसमा विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

दिउँसो झापाका सम्पूर्ण स्थानीय तहका प्रतिनिधिलाई सहभागी गराएर क्यान्सरसँग सम्बन्धित अन्तर्क्रिया कार्यक्रम आयोजना भएको डा. यादवको भनाइ छ ।

नेपाल क्यान्सर फाउन्डेसनका कार्यकारी प्रमुख डा. यादवका अनुसार विगत चार वर्षयता झापाको बिर्तामोडमा सञ्चालित पूर्वाञ्चल क्यान्सर अस्पतालले सामाजिक जिम्मेवारी पूरा गर्न भन्दै प्रत्येक साता ‘क्यान्सर शिविर’ चलाउँदै आएको छ ।

हस्पिटलले आर्थिक अभावका कारण उपचार नपाएका क्यान्सरका बिरामीलाई निःशुल्क रूपमा उपचार गराइरहेको छ । जसअन्तर्गत हालसम्म पाठेघरको मुखको क्यान्सरबाट पीडित बनेका १४ हजार महिलाको उपचार निःशुल्क रूपमा गरिएको छ ।

तीन सय शैय्या क्षमताको अत्याधुनिक उपकरणसहितको उक्त अस्पतालमा २२ जना दक्ष चिकित्सकीय टोलीले उपचार सेवा दिइरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०