विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङले करार सेवामा काम गर्न कर्मचारी आह्वान गरेको छ ।
फागुन २५ गते पहिलोपटक सूचना प्रकाशित गर्दै आयुर्वेद स्वास्थ्य केन्द्रले चौथो र पाँचौं तहका दुई पदका लागि कर्मचारी आह्वान गरेको हो ।
चौथो तहमा नर्सिङ समूहअन्तर्गत अनमिका लागि आवदेन खुलेको छ भने पाँचौंमा ल्याब समूहअन्तर्गत मेडिकल ल्याब टेक्निसिनका लागि आवेदन खुलेको हो ।
अनमिका लागि ३०० रुपैयाँ परीक्षा दस्तुर लाग्ने छ भने ल्याब टेक्निसियनका लागि चार सय रुपैयाँको दस्तुर तिर्नुपर्ने छ ।
१८ वर्ष पुगेर ३५ ननाघेका नेपाली नागरिकले आवदेन दिन सक्ने छन् ।
सूचना प्रकाशित भएको १५ दिन अर्थात् चैत १० गतेसम्म आयुर्वेद स्वास्थ्य केन्द्र पुगेरै इच्छुकले आवेदन दिन सक्ने बताइएको छ ।
करार सेवाको अवधि आगामी वर्षको असार मसान्तसम्म रहेको छ ।