नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । सन् १९८८ को २४औँ सिओल ओलम्पिकमा सहभागी १२ जना नेपाली ओलम्पियन्सहरूलाई विशेष सम्मान गरिएको छ ।

मोरङको सुन्दरहरैँचास्थित होटल नेपालीरिका आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत आज साँझ उनीहरुलाई सम्मान गरिएको हो ।

Advertisement

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गंगाराम डंगोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टिकाबहादुर बोगटीलाई सम्मान गरिएको हो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दिपक विष्ट र बोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले देश तथा विदेशका ओलम्पिक खेलाडीलाई प्रदेशका विविध स्थानमा उभ्याउन पाउनु गर्वको विषय रहेको सुनाए ।

अनुशासन र मेहनतले खेलाडीको व्यक्तिगत प्रतिभा मात्र नभएर देशको पहिचान पनि बढ्ने औँल्याउँदै मुख्यमन्त्री कार्कीले खेल क्षेत्रको विकासका लागि आफू नेतृत्वको सरकार कम्मर कसेर लागिपरेको बताए ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदप्रतिको घट्दो आकर्षणलाई उकास्नका लागि आफूहरूले काम गरिरहेको बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशलाई चिनाउने ओलम्पियनहरूलाई पुनर्मिलन गराउनु खुसीको कुरा रहेको बताए ।

नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष दिपक विष्टले चुनौतीका बीच तेस्रोपटक ओलम्पियन्सको पुनर्मिलन गराएको बताउँदै पर्यटन प्रवर्धन गर्ने अर्को उद्देश्य पनि रहेकाले कार्यक्रम थप फलदायी हुने बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले स्वागत मन्तव्य राख्दै पूर्वघोषणाअनुरूप आयोजना भएको पुनर्मिलन कार्यक्रमले नयाँ युवा प्रतिभामा पनि हौसला मिल्ने बताए ।

बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आफ्नो प्रतिभामार्फत देश चिनाउने विषयमा महत्वपूर्ण योगदान दिएका खेलाडीलाई कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्र घुमाएर स्वागत–सम्मान गर्न पाउनु गर्वको विषय रहेको बताइन् ।

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, ओलम्पियन विधान लामा, विश्व ओलम्पियन्स एसोसिएसनकी विकास प्रबन्धक जोभिना चे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।

ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छजना ओलम्पियन्स खेलाडीहरु समेत सहभागी थिए ।

चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताइएको छ ।

नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत खेलाडी सहभागी छन् ।

कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०