मनकारी ज्वाइँ, जसले गरे सासूलाई कलेजो दान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ फाल्गुण, २०८०
१ वर्षअघि

विराटनगर । नेपालमा भएका अंगदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अंगदान गरेको बिरलै पाइन्छ ।

तर, हालैमात्र एक मनकारी ज्वाइँले सासूलाई कलेजो दान गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सोमबार ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले आफ्नी सासूलाई कलेजो दान गरेका हुन् ।

उनले ६५ वर्षीया सासू लक्ष्मीदेवी श्रेष्ठलाई कलेजो दान गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

२२औँ कलेजो प्रत्यारोपणमा डा. श्रेष्ठको नेतृत्वमा ज्वाइँको कलेजो सासूलाई प्रत्यारोपण गरिएको हो ।

हाल कलेजो दान गर्ने ज्वाइँ र सासूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. श्रेष्ठले ज्वाइँले सासूलाई कलेजो दान गर्नुले समाजमा ठुलो सन्देश दिएको बताए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ सालमा कलेजो प्रत्यारोपण गरेको थियो ।

केन्द्रले ११ वर्षको अवधिमा नेपालमा एक हजार २१२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

केन्द्रमा १५ देखि २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गरेको छ ।

केन्द्रका मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले मिर्गौला प्रत्यारोपण भएको कुल एक हजार २१२ प्रत्यारोपणमा अंदाता महिला ८७३ (७२ प्रतिशत) र पुरुष ३३९ (२८ प्रतिशत) मात्र ग्रहणकर्ता छन् ।

ग्रहणकर्ता महिला २४६ (२१ प्रतिशत) हुँदा पुरुष ९५६ (७९ प्रतिशत) भएबाट नै महिला र पुरुषबीच भेदभावको अवस्था देखिएको छ ।

प्रकाशित समय: शनिवार २६ फाल्गुण, २०८०, १७:०४:००

सम्बन्धित खबर

नि:शुल्क वितरण हुने औषधि बेच्दै स्वास्थ्य कार्यालय प्रमुख

बुधबार १७ ब‌ैशाख, २०८२
२ हप्ताअघि

धनपालथानमा नागरिक आरोग्य सेवा केन्द्र : घरदैलो पुगेर आयुर्वेदिक उपचार र परामर्श दिने

आईतबार १४ ब‌ैशाख, २०८२
२ हप्ताअघि

सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

मङ्गलबार ९ ब‌ैशाख, २०८२
३ हप्ताअघि

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

शनिवार ६ ब‌ैशाख, २०८२
३ हप्ताअघि

दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

बुधबार २६ चैत, २०८१
१ महिनाअघि

रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा बराहक्षेत्रमा आँखा उपचार केन्द्रको थालनी

बुधबार २६ चैत, २०८१
१ महिनाअघि
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०