मनकारी ज्वाइँ, जसले गरे सासूलाई कलेजो दान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । नेपालमा भएका अंगदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अंगदान गरेको बिरलै पाइन्छ ।

तर, हालैमात्र एक मनकारी ज्वाइँले सासूलाई कलेजो दान गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सोमबार ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले आफ्नी सासूलाई कलेजो दान गरेका हुन् ।

उनले ६५ वर्षीया सासू लक्ष्मीदेवी श्रेष्ठलाई कलेजो दान गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

२२औँ कलेजो प्रत्यारोपणमा डा. श्रेष्ठको नेतृत्वमा ज्वाइँको कलेजो सासूलाई प्रत्यारोपण गरिएको हो ।

हाल कलेजो दान गर्ने ज्वाइँ र सासूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. श्रेष्ठले ज्वाइँले सासूलाई कलेजो दान गर्नुले समाजमा ठुलो सन्देश दिएको बताए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ सालमा कलेजो प्रत्यारोपण गरेको थियो ।

केन्द्रले ११ वर्षको अवधिमा नेपालमा एक हजार २१२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

केन्द्रमा १५ देखि २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गरेको छ ।

केन्द्रका मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले मिर्गौला प्रत्यारोपण भएको कुल एक हजार २१२ प्रत्यारोपणमा अंदाता महिला ८७३ (७२ प्रतिशत) र पुरुष ३३९ (२८ प्रतिशत) मात्र ग्रहणकर्ता छन् ।

ग्रहणकर्ता महिला २४६ (२१ प्रतिशत) हुँदा पुरुष ९५६ (७९ प्रतिशत) भएबाट नै महिला र पुरुषबीच भेदभावको अवस्था देखिएको छ ।

प्रकाशित समय: शनिवार २६ फाल्गुण, २०८०, १७:०४:००

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०