अस्पताल पुरानै, नाम परिवर्तन गरेर उद्घाटन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ८ माघ, २०८०
३ वर्षअघि

विराटनगर । कोसी प्रदेश सरकारले मोरङको विराटनगर महानगरपालिका–१४ मा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको छ ।

सोमबार मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसर पारेर सो अस्पतालको उद्घाटनसमेत गरिएको छ ।

Advertisement

प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री कार्की र प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले शिलालेख अनावरण गर्दै संयुक्त रूपमा अस्पताल उद्घाटन गरेका हुन् ।

साविकको संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई रूपान्तरण गरी सरकारले एक सय शैय्याको हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको हो ।

गम्भीर प्रकृतिका मुटुरोगका बिरामीको विशिष्टीकृत उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

प्रदेशमा मुटुुरोगका दुई लाख बढी बिरामीहरू रहेको भन्दै उनीहरूको सफल उपचारका लागि उक्त अस्पताल सञ्चालनमा ल्याइएको कार्कीले बताए ।

‘हाम्रो प्रदेशमा दुई लाख मुटुका बिरामी छन्, उनीहरूको सफल उपचारका लागि यो अस्पतालको कल्पना गरिएको थियो,’ उनले भने ।

मुटुसम्बन्धी समस्या भएका बिरामी नआएसम्म अस्पतालबाट तत्काल सबै प्रकारका सेवा प्रदान गर्ने तयारी प्रदेश सरकारको छ ।

विशिष्टीकृत सेवा प्रवाहका लागि अस्पतालमा हाल दुई जना मुटुरोग विशेषज्ञ, एक जना फिजिसियन, एक जना एमडिजिपी र तीन जना मेडिकल अफिसरको टिम तयारी अवस्थामा छ ।

ती जनशक्तिमार्फत् हृदयरोग केन्द्रलाई सञ्चालन गर्ने तयारी गरिएको कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताइन् ।

गत मंसिर ९ गते आएको चालू आर्थिक वर्षको प्रतिस्थापन बजेटमा सरकारले अस्पतालका लागि साढे पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि चार करोड ५० लाख रुपैयाँ आपूर्ति व्यवस्थापन केन्द्रलाई पठाउने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।

बाँकी रहेको एक करोडमध्ये ५० लाख चिकित्सक तथा कर्मचारीको तलब र ५० लाख अस्पतालकै स्तरोन्नतिमा खर्च गर्ने तयारी सरकारको छ ।

शल्यक्रिया र क्याथ ल्याबसहित पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न अझै करिब ६ महिना समय लाग्ने कोसी प्रदेश सरकारले जनाएको छ ।

अस्पताललाई रिसर्च सेन्टरको रूपमा समेत प्रयोग गर्ने तयारी सरकारको छ ।

गरिबका छोराछोरीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाएर शैलजा आचार्य हृदयरोग केन्द्रमा रोजगारीको वातावरण मिलाउने प्रतिबद्धतासमेत सरकारले व्यक्त गरेको छ ।

नाम फेर्दै उद्घाटन

विराटनगर–१४ मलायारोडस्थित नेसनल ट्रेडिङ लिमिटेडको पुरानो गोदाम घरमा सञ्चालित अस्पतालको नाम तीनपटक फेरिइसक्यो ।

२०७६ सालमा ‘कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र’ नाम दिएर उक्त अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

कोरोना भाइरस संक्रमितको उपचारका लागि तत्कालीन प्रदेश १ सरकारले ५० शय्याको अस्पताल सञ्चालन गर्न थालेको थियो ।

कोरोना महामारीका बेला करोडौं रकम खर्च गरेर सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा दुई हजार तीन सय ४२ जना कोभिड संक्रमितले उपचार गराएका थिए ।

कोरोनाका बिरामीहरू आउन छोडेपछि त्यसलाई संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको थियो ।

२०७९ असोज ५ गतेदेखि सरकारले उक्त अस्पताललाई संक्रामक रोग तथा सघन केन्द्र बनाएर ओपिडीसमेत सञ्चालनमा ल्याएको थियो ।

प्रदेश सरकारले अस्पताल भवन निर्माण र स्वास्थ्य उपकरण खरिद गरी दुई अर्बभन्दा बढी खर्चेएिर उक्त अस्पताल बनाएको थियो ।

तर, वैकल्पिक रूपमा प्रयोग नहुँदा प्रयोगविहीन अवस्थामा पुगेका थिए भने त्यहाँ कार्यरत जनशक्ति पनि फुर्सदिला बनेका थिए ।

सघन उपचार केन्द्रको १८ भेन्टिलेटरसहित २१ शय्याको आइसियु र ४७ वटा एचडियु प्रयोगविहीन बनेपछि प्रदेश सरकारले त्यसैलाई हृदयरोग केन्द्र बनाएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी

बुधबार १४ असोज, २०८३
२ घण्टाअघि

इटहरीमा सीप तथा रोजगार मेला सुरु

बुधबार १४ असोज, २०८३
२ घण्टाअघि

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बुधबार १४ असोज, २०८३
३ घण्टाअघि

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
५ घण्टाअघि

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

बुधबार १४ असोज, २०८३
९ घण्टाअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०