नेपाल भर्सेज थाइल्यान्ड (फाेटाे फिचर)

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
४ वर्षअघि
नेपाल भर्सेज थाइल्यान्ड

खेलकाे अन्तिम १५ मिनेट सम्हालिन नसक्दा नेपाल थाइल्यान्डसँग २–० गाेलान्तरले पराजित भएकाे छ ।

थाइल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले भ्रमणको पहिलो खेलमा आज थाइल्यान्ड राष्ट्रिय फुटबल टोलीसँग हार व्यहोरेको छ ।

चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेले पनि दोस्रो हाफमा थाइल्यान्ड गोल गर्न सफल भयो ।

थाइल्यान्डका लागि ७७औं मिनेटमा फिलिपले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

थाइल्यान्डका लागि दोस्रो गोल ८८औं मिनेटमा वीराचटले गरे । दोस्रो बार च्यापेर वीराचटले गरेको गरेको प्रहारले जाली चुमेपछि नेपाल २–० को हार भोग्न बाध्य बन्यो ।

खेलको सुरुवातबाट नै आक्रमण गर्न थालेको थाइल्यान्डले नेपालविरुद्ध खेलको दोस्रो मिनेटमा नै पोस्टमा धावा बोल्न सुरु गरेको थियो ।

चौथो मिनेटमा नेपाली खेलाडीलाई थाइल्यान्डले फाउल गरेपछि नेपालले मध्य भाग नजिकैबाट फ्रकिक पाएको थियो ।

एरिक विष्टले प्रहार गरेको उक्त फ्रिकिकलाई नेपालले सदुपयोग गर्न सकेन ।

पाँचौँ मिनेटमा थाइल्यान्डले गरेको प्रहार नेपाली टोलीका कप्तान एवम् गोलरक्षक चेम्जोङले रोके ।

१०औं मिनेटमा थाइल्यान्ड पुनः प्रयास गर्याे । तर उसको प्रयास विफल रह्यो ।

११औं मिनेटमा राइट फ्लाङ्कबाट गरिएको प्रयासमा दिनेश राजवंशी बाधक बने ।

१४औं मिनेटमा वोराचितको प्रहार किरणले मुस्किलले बचाए ।

तर सोही मिनेटमा तेज तामाङ्गले आदिसाकलाई लडाएपछि नेपालको पेनाल्टी क्षेत्र नजिकै थाइल्यान्डले फ्रिकिक पायो ।

तर त्रिस्तान डोले हानेको प्रहार आकाशतिर हुँइकिएको थियो ।

१९औं मिनेटमा दर्शन गुरूङले पेनाल्टी क्षेत्रभित्र मौका भए पनि उनले गरेको हेडरले आकाशको िदशा लिएको थियो ।

२३औं मिनेटमा कप्तान चेम्जोङले फ्लाइङ सेभ गरे ।

२६औं मिनेटमा पाथोमफोनको प्रहार आकाशिँदा थाइल्यान्डले अग्रता लिने मौका गुमायो ।

३२औं मिनेटमा १६ चुकेका थिए ।

अतिरिक्त समयमको ४६औं मिनेटमा थानाबुन केसारातले प्रयास गरे पनि आकाशिएको थियो ।

दोस्रो हाफको पहिलो मिनेटमा नै थाइल्यान्डले प्रयास गरेको थियो । लेफ्ट फ्ल्याङ्कबाट अक्कीले गरेको प्रयासलाई डिफेन्डर अनन्त तामाङ्गले बाहिर पठाइदिएका थिए ।

त्यसको अर्काे मिनेटमा नै थाइल्यान्डले अग्रता लिने सुन्दर मौका खेर फाल्यो । कप्तान आदिसाकको हेड केही इन्चले बाहिरिएको थियो ।

५१औं मिनेटमा नेपालले थाइल्यान्डको पोस्टमा प्रहार गरे पनि थाइल्यान्डका गोलरक्षकले त्यसलाई सजिलै नियन्त्रणमा लिए ।

५८औं मिनेटमा चाओवतको लङ रेन्जेर बाहिरिँदा थाइल्यान्ड खेलमा अग्रता लिनबाट वञ्चित बन्यो ।

६६औं मिनेटमा तीन डिफेन्डरलाई छक्याउँदै थाइल्यान्डका केभिनले पहिलो बार च्यापेर प्रहार गरे पनि प्रहारले पोस्टको दिशा लिन सकेन ।

६७औं मिनेटमा क्रसबार लागेपछि थाइल्यान्ड अभागी बन्यो । लेफ्ट फ्ल्याङ्कबाट आएको पासमा पान्साले गरेको हेड क्रसबारमा लागेको थियो ।

७६औं मिनेटमा पाथोम्फोनको हेडरलाई गोलरक्षक किरनले मुस्किलले बचाएर नेपालको खतरा टारे ।

खेलको ७७औं मिनेटमा फिलिपले गोल गर्दै थाइल्यानडलाई अग्रता दिलाए ।

मध्यभागमा सहकर्मीले मिलाइदिएको बललाई एक्लै अघि बढाएका फिलिपको प्रहार रोक्न नेपालका चार खेलाडीले प्रयास गरे पनि त्यो विफल रह्यो ।

पेनाल्टी क्षेत्रभित्र बाट फिलिपले गरेको प्रहार तेज तामाङ्ग हुँदै दिनेश राजवंशीसँग डिफ्लेक्ट भएर गोल पोस्टभित्र छिरेको थियो ।

थाइल्यान्डले गोल गर्नुअघि विसारत र सुरज ज्यू ठकुरी एकआपसमा ठोक्किएका थिए ।

ठोकिँदा ठकुरी घाइते हुँदा पनि थाइल्यान्डका खेलाडी र म्याच रेफ्रिले बेवास्ता गरेको भन्दै मैदानमा केहीबेर तनाव सिर्जना भएको थियो ।

नेपालका खेलाडी र प्रशिक्षकले त्यसको विरोध गरेका थिए ।

खेलको ८८औं मिनेटमा थाइल्यान्डले नेपालको पोस्टमा दोस्रो गोल गर्याे । पेनाल्टी क्षेत्रभित्र पाएको पासमा वीराचटले दोस्रो बार च्याप्दै गरेको प्रहारले जाली चुमेपछि नेपाल २–० ले पछि पर्याे ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग तयारी स्वरूप मैत्रिपूर्ण खेल खेलेकाे हाे ।

थाइल्यान्ड फिफा विश्व वरियताको एक सय १२औं स्थानमा रहेको छ भने नेपाल पछिल्लो फुटबल विश्व वरियतामा एक सय ६७औं स्थानमा छ ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

उक्त खेल आइतबार चोनुबारीमै हुने छ ।

 

प्रकाशित समय: बिहिबार १० चैत, २०७८, २०:०३:४१
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०