एक्लै चुनाव लड्न एमाले तयार छः अध्यक्ष ओली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
२ वर्षअघि
एमाले

आउँदो स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशतसम्म सिट जित्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।

अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

नेपालमा प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था रहेकाले सोही अनुसार आफूहरू प्रतिस्पर्धा गर्न र त्यसमा विजयी हुन तयार रहेको ओलीले बताए ।

‘हामीलाई चुनाव जित्न कसैको वैशाखी टेक्न आवश्यक छैन’ सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सिट सङ्ख्या, पालिका लगायत अन्य सबै हिसाबले एमालले ६०-७० प्रतिशत स्थानीय तहमा एक्लै चुनाव जित्न सक्ने सामथ्र्य राख्छ ।’

चुनावमा सबैलाई रिझाएर जान नसकिने भन्दै अध्यक्ष ओलीले एक्लै चुनाव लड्ने तरिकाले तयारी सुरू गर्न नेता-कार्यकर्तालाई आग्रह गरे ।

‘प्रतिस्पर्धात्मक प्रणाली हामी आफैंले रोजको व्यवस्था हो त्यसकारण हामी लड्न तयार रहनुपर्छ । अन्य पार्टीलाई मिलाउने, सर्वसम्मत् गर्ने कुरा भन्न र सुन्न मिठा होलान् तर चुनावमा त्यो सम्भव हुन्छ त ?’ चुनावको तयारी गर्न निर्देशन दिँदै ओलीले भने, ‘त्यसैले चुनाव एक्लै लड्ने गरी तयारी गर्नुहोस् । स्वस्थ प्रतिस्पर्धामा सहभागी बनौँ ।’

राजनीतिक प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत हुने भएकाले वर्तमान राजनीतिक अवस्थानमा नेपाली जनताको निणर्य थाहा पाउन एमाले तयार रहेको अध्यक्ष ओलीले बताएका छन् ।

प्रकाशित समय: मङ्गलबार १ चैत, २०७८, २२:२२:३४

सम्बन्धित खबर

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०