यू–१८ साफ महिला च्याम्पियनसिप : नेपालको पोस्टमा भारतको गोलको वर्षा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
५ वर्षअघि
साफ महिला

भारतमा आजबाट सुरु भएको यू–१८ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ ।

भारतको जमसेदपुरमा भएको खेलमा उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु टिम भारतका लागि लिन्डा कोम सेर्तोले दुई गोल गरिन् भने सुजेश, अपूर्ण नर्जरी, पूर्णिमा कुमारी र सुनिता मन्डले एक-एक गोल गरिन् ।

खेलको १४ औँ मिनेटमा सुजेशले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाइन् ।

त्यसको तीन मिनेटपछि नै लिन्डाले गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् ।

खेलको ३५ औँ मिनेटमा लिन्डाले दोस्रो गोल गर्दै भारतलाई पहिलो हाफभरि ३-० गोलको अग्रता दिलाइन् ।

खेलको दोस्रो हाफमा भने भारतले एक गोल गरेको थियो ।

खेलको ६८ औँ मिनेटमा अपूर्ण नर्जरीले गोल गर्दै भारतको अग्रता फराकिलो बनाइन् ।

खेलको ७६ औँ मिनेटमा पूर्णिमा कुमारीले गोल गरेपछि भारतले ५-० गोलान्तरको अग्रता बनायो ।

खेलको ८६ औँ मिनेटमा सुनिता मुन्डले गोल गरेपछि भारतले फराकिलो अग्रता बनाएको हो ।

खेलको इन्ज्युरी समयमा नितु लिन्डाले गोल गरेपछि भारत ७-० गोलले विजयी भएको हो ।

जितसँगै भारतले प्रतियोगितामा सुखद सुरुवात गरेको छ भने नेपालले खराब सुरुवात गरेको छ ।

च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशले प्रतिस्पर्धा गर्दै छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइने च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले मार्च १७ मा बङ्गलादेशको सामना गर्ने छ ।

यस्तै, तेस्रो खेल नेपालले मार्च २१ मा फेरि भारतसँग र चौथो खेल मार्च २३ मा बङ्गलादेशसँग खेल्ने छ ।

शीर्ष टोली च्याम्पियन बन्नेछ ।

मार्च २५ तारिखसम्म आयोजना हुने यु–१८ महिला साफ महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाली महिला टोली आइतबार भारत पुगेको हो ।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बङ्गलादेशसँग पराजित भएपछि उपाधिबाट बञ्चित भएको थियो ।

च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शनभक्त राजलवटले २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरेका थिए ।

नेपाली टोलीमा सावित्री किशन, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर छन् ।

यस्तै, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, शुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सुदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई रहेका छन् ।

प्रकाशित समय: मङ्गलबार १ चैत, २०७८, २१:१५:१८
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०