महिला यु-१८ साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
४ वर्षअघि
साफ च्याम्पियनसिप

भारतको जमसेदपुरमा मङ्गलबार (आज) बाट आयोजना हुने साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

यु-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्ने छ ।

नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुने छ ।

नेपाल र भारत दुवै टिम एकअर्कालाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीविरुद्ध खेल्न कठिन हुने बताउँछन् ।

‘घरेलु टोलीसँग खेल्न सधैँ गाह्रो हुन्छ तर हामी आफ्नो उत्कृष्ट खेल्ने छौं । परिस्थिति अनुसार खेल्ने छौँ,’ प्रशिक्षक दर्शनले भने ।

नेपाली टोलीकी कप्तान प्रिति राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताइन् ।

नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन् ।

लगातार दुई संस्करणको उपाधि विजेता बङ्गलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

महिला टोलीलाई अनुभवी बनाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए ।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बङ्गलादेशसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो ।

च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशले प्रतिस्पर्धा गर्दै छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइने च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले मार्च १७ मा बङ्गलादेशको सामना गर्ने छ ।

यस्तै, तेस्रो खेल नेपालले मार्च २१ मा फेरि भारतसँग र चौथो खेल मार्च २३ मा बङ्गलादेशसँग खेल्ने छ ।

शीर्ष टोली च्याम्पियन बन्नेछ ।

मार्च २५ तारिखसम्म आयोजना हुने यु–१८ महिला साफ महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाली महिला टोली आइतबार भारत प्रस्थान गरेको हो ।

च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शनभक्त राजलवटले २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरेका थिए ।

नेपालले उपाधि जित्ने लक्ष्य राखेको टोलीका प्रशिक्षक दर्शनले दाबी गरेका छन् ।

नेपाली टोलीमा सावित्री किशन, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर छन् ।

यस्तै, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, शुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सुदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई रहेका छन् ।

प्रकाशित समय: मङ्गलबार १ चैत, २०७८, ०८:०७:०४
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०