महिला यु-१८ साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
५ वर्षअघि
साफ च्याम्पियनसिप

भारतको जमसेदपुरमा मङ्गलबार (आज) बाट आयोजना हुने साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

यु-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्ने छ ।

Advertisement

नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुने छ ।

नेपाल र भारत दुवै टिम एकअर्कालाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीविरुद्ध खेल्न कठिन हुने बताउँछन् ।

‘घरेलु टोलीसँग खेल्न सधैँ गाह्रो हुन्छ तर हामी आफ्नो उत्कृष्ट खेल्ने छौं । परिस्थिति अनुसार खेल्ने छौँ,’ प्रशिक्षक दर्शनले भने ।

नेपाली टोलीकी कप्तान प्रिति राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताइन् ।

नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन् ।

लगातार दुई संस्करणको उपाधि विजेता बङ्गलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

महिला टोलीलाई अनुभवी बनाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए ।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बङ्गलादेशसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो ।

च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशले प्रतिस्पर्धा गर्दै छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइने च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले मार्च १७ मा बङ्गलादेशको सामना गर्ने छ ।

यस्तै, तेस्रो खेल नेपालले मार्च २१ मा फेरि भारतसँग र चौथो खेल मार्च २३ मा बङ्गलादेशसँग खेल्ने छ ।

शीर्ष टोली च्याम्पियन बन्नेछ ।

मार्च २५ तारिखसम्म आयोजना हुने यु–१८ महिला साफ महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाली महिला टोली आइतबार भारत प्रस्थान गरेको हो ।

च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शनभक्त राजलवटले २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरेका थिए ।

नेपालले उपाधि जित्ने लक्ष्य राखेको टोलीका प्रशिक्षक दर्शनले दाबी गरेका छन् ।

नेपाली टोलीमा सावित्री किशन, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर छन् ।

यस्तै, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, शुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सुदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई रहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०