‘हिजो आजका कुरा’ असोज २८ मा रिलिज हुदै

फिल्म रिलिज

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ चैत, २०७८
४ वर्षअघि
हिजो आजका कुरा

फिल्म ‘हिजो आजका कुरा’ असोज २८ मा रिलिज हुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण तीन पटक हलहरू बन्द भएर खुलेपछि आउँदो असोज २८ गते फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

यसअघि ‘हिजो आजका कुरा’को प्रदर्शन मिती २०७७ सालको बैशाख १२ गतेलाई तोकिएको थियो । तर, कोरोनाका कारण हलहरू बन्द भएपछि फिल्मको रिलिज स्थगन भयो ।

साकार पन्तको निर्देशनमा तयार भएको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरे लगायतको अभिनय रहेको छ ।

१८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर फिल्म निर्माण गरिएको हो ।

विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौँका चार परिवारको पारिवारिक समस्या, सङ्घर्षलाई फिल्ममा उठान गरिएको छ ।

फिल्मको कथा सन्तोष सन्त र साकार पन्तले लेखेका हुन् भने पटकथा सन्दीप किस्नाको रहेको छ । फिल्मलाई रवि सायमीले छायाङ्कन गरेका हुन् ।

मोफसलमा एफडी र राजधानीमा बीके फिल्मस्ले फिल्मलाई वितरण गर्नेछ ।


प्रकाशित समय: शुक्रबार ४ चैत, २०७८, १९:०१:४१
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०