च्याम्पियन्स लिग : लिभरपुल र बायर्न क्वार्टरफाइनलमा, जितका बाबजुत इन्टर बाहिरियो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ फाल्गुण, २०७८
४ वर्षअघि
च्याम्पियन्स लिग

युइएफए च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब लिभरपुल र जर्मनीको बार्यन म्युनिखले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।

इन्टर मिलानलाई अन्तिम १६ दोस्रो लेगमा १-० को नतिजा सुम्पिए पनि लिभरपुलले अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

गत महिना सम्पन्न पहिलो लेगमा लिभरपुलले मोहम्मद सलाह र रोबर्टको फिर्मिनोको गोलमा २-० को जित हात पारेको थियो ।

योर्गान क्लोपको टोली समग्रमा २-१ को जितसहित च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको हो ।

यसअघि इन्टरको घरेलु मैदान सन सिरोमा सम्पन्न खेलमा लिभरपुलले मोहम्मद सलाह र रोबर्टो फर्मिन्होको गोलमा २-० को जित निकालेको थियो ।

गएराति एन्फिल्डमा सम्पन्न खेलमा भने १० खेलाडीमा समेटिएको इन्टर मिलासँग घरेलु टोली निरीह बन्यो ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको ६१ औं मिनेटमा लौटरो मार्टिनेज इन्टरका लागि गोल गरेका थिए ।

६३ औं मिनेट एलेक्सिस साञ्चेज रेडकार्ड खाँदै बाहिरिँदा इन्टर १० खेलाडीमा समेटिएको थियो ।

इन्टर भने च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको यो तेस्रो पटक हो ।

इन्टर यसअघि सन् २०१०-११ मा क्वार्टरफाइनल र २०११-१२ मा अन्तिम १६ बाट बाहिरिएको थियो ।

यस्तै, गएरातिकै अर्को खेलमा अस्ट्रियाको रेडबुल साल्सबर्गमाथि फराकिलो जित दर्ता गर्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा रेडबुल साल्सबर्गलाई ७-१ गोल अन्तरले हराउँदै समग्रमा ८-२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगमा बायर्न र साल्सबर्गले १-१ गोलको बराबरी खेलेको थियो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे ।

उनले ११ मिनेटभित्र ह्याट्रिक गोल गर्दै च्याम्पियन्स लिगको खेलमा छिटो ह्याट्रिक गर्ने रेकर्डसमेत बनाए ।

खेलको १२औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी बाटै व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको २३औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्नको अग्रता तेब्बर बन्यो ।

खेलको ३१औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरेपछि बायर्नले ४-० को अग्रता बनायो ।

थोमस मुलरले ५४औं मिनेटमा गोल गर्दै टिमको अग्रता ५-० को बनाए ।

खेलको ७० औं मिनेटमा साल्सबर्गका केजरगार्डले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए ।

खेलको ८३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६-१ को बनाए ।

त्यसपछि ८६ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई ७-१ को जित दिलाए ।

लिभरपुल र चेल्सी क्वार्टरफाइनलमा

प्रकाशित समय: बुधबार २५ फाल्गुण, २०७८, ०७:३१:४७
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०