कानुनबारे अनभिज्ञ नै बोल्छन् पलको पक्षमा !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ फाल्गुण, २०७८
४ वर्षअघि
पलको पक्ष

नाबालिग बलात्कारको आरोपमा हिरासतमा बसेका पल शाहको पक्षमा खुलेआम सडकमा नाराजुलुस छ ।

जिल्ला अदालत तनहुँले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै सामाजिक सञ्जालमा पलको पक्ष लिएर बोल्नेहरूको लर्को छ ।

विभिन्न युटुब अन्तर्वार्तामा उनको समर्थन गर्नेहरूको चाङ छ ।

अरू त अरू स्वयम् केही नायिका उनको पक्षमा खुलेका छन् ।

नायिका पूजा शर्मा पलको बचाउमा लागेकी छन् ।

पलमाथि अनुसन्धान सुरु नहुँदै रुन थालिसकेकी पूजाले प्रसिद्धीको आडम्बरमा आफ्ना फ्यानहरूलाई डाको छोडेर रुन लगाएकी थिइन् ।

उनी अनुसन्धाननै प्रभावित तुल्याउने गरी रोइन्, पलको तस्बिर अङ्कित टि–सर्ट लगाएर फिल्मको प्रचार–प्रसारमा उत्रिएकी थिइन् ।

सायद उनको रुवाइ फगत आफ्नो फिल्म चलाउनेबाहेक अरू नहोला ।

हाे, पनि कलाकारहरू ती निर्दयी प्राणी हुन्, जो पीडितका लागि होइन, नाफा–घाटा हेरेर मात्र बोल्छन् ।

उनी पलकी साथीमात्र नभएर सहकर्मीसमेत हुन् । उनका फ्यान भनाैदा झनै भावुक छन् पल प्रकरणमा ।

प्रहरी, प्रशासन, राज्य, कानुन, समाजको उदेकलाग्दो लाचारी, नालायकी, वेवास्ता हददर्जाको घृणित स्तरमा मूर्छित छ ।

नाबालिगले राजीखुसीले यौन सम्बन्धको लागि अपिल गरेपनि उमेर पुगेको ब्यक्तिले त्यसलाई स्वीकार गर्न मिल्दैन ।

उमेर नपुगेको नाबालिगले के ठिक के बेठिक भन्ने निर्णय गर्नसक्ने क्षमता नहुने र गरेको निर्णय सधैं सही नहुने भएकाले समाज, अभिभावक, परिपक्व मानिसको दरकार पर्ने हो ।

उमेर पुगेकाले सम्झाउने र गलत निर्णय गरेर समातेको बाटोबाट सही बाटोमा ल्याउने हो नाबालिगलाई, उसको कमजोर निर्णय शक्तिको फाइदा उठाउने होइन ।

सरल र सपाट कुरा छ-निर्णय क्षमता परिपक्व नभएका नाबालिगसँग सहमतिमै या जबर्जस्ती दुबै अवस्थामा गरिएको यौन सम्बन्ध पूर्णतया बलत्कार हुन्छ ।

कमसेकम देशको संविधान/कानुनले गरेको व्यवस्था यही हो ।

यसविरुद्ध /बलत्कारको पक्षमा खुलेआम हुलहुज्जत गर्दा राज्य संयन्त्र के हेरेर बसिरहेको छ ? राज्यको ल्याकत बाँकी छ कि कोमामा गइसकेको हो ?

होइन भने यो मजाकको, कानुनी राज्यको गफ फिटेर बसेको सत्ताको औकात देखाइदिने गरी बलात्कारीको पक्षमा भएको सामाजिक दिवालियालाई किन मौन भएर सघाइरहेको छ राज्य संयन्त्र ?

के सत्ताधारीहरू, राज्य संयन्त्रका पुर्जाहरू बलात्कारलाई प्रवर्द्धन गर्न, बलात्कारीलाई प्रोत्साहन गर्न लागिरहेको हो बलत्कारीको पक्षमा भइरहेको यो नाङ्गो नाचलाई मौन संरक्षण गरेर ?

दुर्गेशको स्पष्टीकरण

प्रकाशित समय: मङ्गलबार १७ फाल्गुण, २०७८, २१:५२:५७

सम्बन्धित खबर

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
२ दिनअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
३ दिनअघि

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
१ महिनाअघि

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने

शुक्रबार ५ असार, २०८३
१ महिनाअघि

दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 

आईतबार ३१ जेठ, २०८३
१ महिनाअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०